शव व्यवस्थापन सहितका विषयलाई लिएर प्रजिअ सहित सुरक्ष निकाय अधिकारी र पीडित पक्ष बीचको वार्ता निष्कर्षविहिन, भोली विहान ८ बजे पुनः बस्ने

73 Shares

बरहथवा, २१ पुस । बरहथवा घटनामा मृत्यु भएका युवकको शव उठाउने विषयमा इलाका प्रहरी कार्यालय वरहथवामा प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारी प्रमुखको उपस्थितिमा पीडित पक्षसंग वार्ता सकारात्मक नहुँदा निष्कर्षविहिन बनेको कारण शव आज राति खुला अकाश मुनी रहने भएका छन् ।
इप्रका वरहथवामा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला सहित सुरक्षा निकायका प्रमुखहरु, पीडित पक्षका विच निष्कर्ष विन्दुमा पुग्न नसकी वार्ता निष्कर्षविहिन हुँदा मृतकको शव चोर्नीया पुलमै खुला आकाश मुन रहने भएका हुन् । बैठक पुनः भोली विहान ८ बजे बस्ने भन्दै साँझ अवेर वार्ता सकिएको श्रोतले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी धमला मृतक परिवारको घरमा गएर दोषिलाई कारवाही गर्ने आश्वासन दिदै उनको आलो घाउ माथि मलहम लगाउने प्रयास समेत गरेको बताइएको छ । शान्ति सुव्यवस्था कायम राखिदिन र सरकारी सम्पतीको रक्षा समेत गरिदिन प्रजिअ आम नागरिक संग अपिल समेत गर्नुभयो । अशान्तिले केही हाँसिल हुँदैनन भएको घटना फर्किएर आउदैनन अव के गर्दा समस्या नभई समााधान गराउनका निमित्त राजनीति वृतबाट माथि उठेर सामाजिक उत्तरदायित्वको पालना गर्न गराउन उनले सबै संग आग्रह गरेको बुझिएका छन् ।
मृतक परिवारले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने लगायतका माग सहित युवकको शव २ दिनदेखि घटनास्थलबाट उठाइएको छैन्‌ ।
सरकारले छानविन टोली गठन गरेर मृतकको परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । तर पनि बरहथवा शान्त बन्न सकेको छैन्‌ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।