शव व्यवस्थापन पछि सामान्य बन्दै बरहथवा बजार, गठित छानविन समितिले काम सुरु गरे

62 Shares

सर्लाही, २३ पुस । अस्पताल स्तरोन्नतीको विषयलाई लिएर रणभुमिमा परिणत भएको सर्लाहीको वरहथवा बजारको अवस्था सामान्य बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवामा बसेको सफल वार्ता पछि भएको ११ बुंदे सहमती कायम गर्दै बरहथवा बजारलाई पूर्ण रुपमा शान्तिपूर्ण बनाउने प्रतिबद्धता पश्चात आज विहानै देखि बरहथवा बजारको जनजीवन सामान्य बन्दै गएको हो ।
गएराति भएको सहमती पछि विद्युत प्राधिकरण छेउमा रहेका चोर्निया पुलमा ७८ घण्टा देखि राखिएका युवक जयशंकर साहको शव राति ९ बजे प्रादेशिक अस्पताल मलंगवामा लगेर पोष्टमार्टम पछि राति शतगतको लागि परिवारलाई शव बुझाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
मृतकको शव घटनास्थलबाट उठाइएसँगै बरहथवा बजारको अवस्था सामान्य हुँदै गएको छ । बरहथवा घटनाको छानविनका लागि गृह मन्त्रालयले सह सचिव थानेश्वर गौतमको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानविन समिति पनि गएराति नै सर्लाही आइपुगिसकेको छ । टोलीले आजदेखि छानविन सुरु गरिसकेको बताइएको छ ।
बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनपश्चात सृजित समस्या समाधानका जिल्ला प्रशासन कार्यालय मलंगवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको
छलफलबाट ११ बुँदे सहमती गरिएको थियो ।
गृह मन्त्लालयद्धारा गठित छानविन समितिलाई सबै पक्षले आ–आफ्नो तर्फबाट घटना सम्वन्धमा स्वतन्त्र निष्पक्ष छानविन गर्न सहयोग गर्ने, मृतकको परिवारका एक जना सदस्यलाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने, प्राथमिक स्वास्थ्य केन्द्रको स्नतरोन्नति पश्चात कानून बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्वन्धमा नगरप्रमुख र मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सहकार्य एवं छलफलबाट टुंग्याउने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक जयशंकर साहको शालिक स्थापना गर्ने सहमती भयो ।
त्यसैगरी, उद्योग वाणिज्य संघ बरहथवा सहित पाँच दलिय गठवन्धन (कांग्रेस, जसपा, लोसपा, जनमत र बहुजन एकता पार्टी) ले सबै विरोधका कार्यक्रम स्थगित गर्ने, विगतलाई बिर्सी आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक संचालनका लागि सबै पक्षले
आ–आफ्नो तह र तप्काबाट सहयोग गर्ने सहमती भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
छलफलले दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारवाहीको प्रक्रिया अगाडि बढाउने, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रियाको लागि सम्वन्धित निकायमा सिफारिस गर्ने, आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी संरचना, सवारी साधन लगायत सम्पत्ति क्षतिको मूल्याँकन गरी सम्वन्धित निकायबाट क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने निर्णय भएको छ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, अर्थमन्त्री सन्जय यादव, प्रदेश सभा सदस्य कौशल किशोर राय, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, मधेश प्रदेशका प्रहरी प्रमुख (डीआइजी), मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख (डीआइजी) दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेशका प्रमुख (अनुसन्धान निर्देशक) सन्जयकुमार यादव सहितको उपस्थितिमा भएको छलफलबाट सहमती जुटेको भएर वरहथवा घटनालाई शान्त बनाइयो ।
आज बरहथवाको अवस्था सामान्य बन्दै पसलहरु संचालनमा आएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।