काठमाडौं, २५ पुस । बुद्धको अवतार भनेर निकै ख्याती पाएका तपस्वी रामबहादुर बम्जन माथि यौन अपराधको मुद्दामा आरोपित रहदा निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलवार साँझ संघिय राजधानी काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गर्न सफल भएका छन् ।
बम्जन माथि २०७६ सालमा सर्लाही जिल्लकी एक नबालिका माथि यौनदुराचार गरेको अभियोग लागेपछि जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएका थिए । त्यसपछि सार्वजनिक रुपमा देखा नपरेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले हिजो साँझ पक्राउ गरेर आज बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
पक्राउ परेका बम्जन निवासबाट तीन करोड ३४ लाख ९०६ रुपैया बरामद गरिएको सो पत्रकार सम्मेलनमा जानकारी गराइयो । अनुसन्धानका क्रममा उनको घरबाट ठूलो धनराशी बराम भएको सिआईबीका एसएसपी दिनेश आचार्यले जानकारी गराए । एसएसपी आचार्यका अनुसार बरामद गरिएका नगद मध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली ३० लाख ९२ हजार ४०६ रुपैया रहेको छ । प्रहरीले उनको हात्तिगौंडा स्थित घरबाट १४ थान मोवाइल, पाँच थान आईप्याड, २ वटा गाड र चार वटा मोटरसाइकल पनि फेला पारे ।
लामो अनुसन्धान र प्रयास पछि सिआईवीद्धारा बम्जन भनिने रामलाल बम्जनलाई पक्राउ गर्न सफल भए । विशेष गरेर २०७६ सालमा सर्लाहीको एक जना नवालिका संग बालयौन दुराचार बलात्कारको केसमा निजलाई प्रहरीले खोजी कार्य गर्दै आएका थिए । यसै सन्दर्भमा विभिन्न मानिसहरु पनि हराईरहेको सूचना प्रहरी संग आएको थियो । निज बम्जनको खोजी सिआईबील्े लामो समय देखि गरिरहेको अवस्थामा हिजो साँझ फेला परेको उलने भने ।
नगदको साथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ । ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना अन्यायुहरुको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशी बारे पनि थप अनुसन्धान गरी तत्काल कारवाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन