79
Shares
रौतहट, २५ पुस । रौतहट सदरमुकाम गौर नगरपालिकाको महादेवपट्टि भएर भारत तर्फ तस्करी गर्न लागेका गाईगोरु र बाछीलाई रौतहट प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट जारी गरिएको विज्ञप्तीमा बुधवार दिउसो ४.३० बजेको समयमा गौर नगरपालिका वडा नम्वर २ महादेवपट्टि भएर गाईगोरु र बाछी भारत तर्फ लगिदै गरेको प्राप्त सुचनाको आधारमा गस्तीमा गएका प्रहरी टोलीलाई देखेर लैजाने व्यक्ति गाईगोरु छाडेर भारत तर्फ भाग्दा बेवारिसे अवस्थामा बरामद गरिएका हुन् ।
गाई १० वटा, गोरु १ वटा र ६ वटा बाछी गरेर १७ वटा गाईगोरु र बाछीको अनुमानित १ लाख ९६ हजार मूल्याँकन गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन