राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार र मतदाता बीच परिच्यात्मक कार्यक्रम

87 Shares
रौतहट, २९ पुस । सत्तारुढ गठबन्धन दलहरुको तर्फबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा आनन्दप्रसाद ढुंगाना र पुजा चौधरीलाई मत दिई विजय बनाउने अभियानमा आईतवार सत्तारुढ गठबन्धनको एक अभियान टोली रौतहटमा आएर कार्यक्रम सम्पन्न गरेका छन् ।
रौतहटको चन्द्रपुर स्थित होटल गौतममा नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव, नेपाली काँग्रेस मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव, जसपाका कार्यकारणी समिति सदस्य गोबिन्द चौधरी, नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र यादव लगायत माओवादी, एकिकृत समाजवादी पार्टीका नेताहरुको उपस्थितिमा सत्ता सझेदार पार्टी बिच भएको सम्झौता अनुरुप गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीको पक्षमा मतदान गरेर जिताउनुपर्ने निष्कर्ष निकालिएका हुन् ।
सत्ता साझेदार गठबन्धन मध्ये नेपाली काँग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र जसपाबाट पुजा चौधरी राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । उम्मेदवारद्धय स्वयंम उपस्थित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेस मधेश प्रदेशका सभापति एवं मधेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री कृष्णप्रसाद यादवले गठनबन्धको सहमती बनेको कार्यदलले पूर्ण विश्वासका साथमा मतदान गरेर आफना उम्मेदवारलाई जिताएमा यो गठबन्धन झन् बलियो बन्न र अस्थिरताको राजनीतिको अटकलवाजी सबै समाप्त भएर जाने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा जसपा प्रदेश अध्यक्ष रामबाबु यादव, काँग्रेस केन्द्रीय सदस्य मोक्ता यादव, संघिय साँसद देवप्रसाद तिमसिना, काँग्रेस जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिल यादव, माओवादी केन्द्रीय सदस्य एवं पूवं साँसद देबेन्द्र पटेल, जसपा राजनीतिक समिति सदस्य रामकिशोर यादव, एकिकृत समाजवादी जिल्ला अध्यक्ष कमल यादव, प्रदेश सदस्य संजय महतो, प्रदेश सदस्य किशोरी देवी, मेयर किशोरी यादव, मेयर बालेश्वर यादव, जसपा
जिल्ला अध्यक्ष श्यामविहारी यादव र कार्यक्रममा स्वागत मन्तव्य चन्द्रपुरका मेयर संजय काफ्लेले गरेको थियो ।
उक्त कार्यक्रममा मतदाताहरु संग राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र पुजा चौधरीको परिचय गराइयो र उम्मेदवार मतदाता बीचको परित्यात्मक कार्यक्रमबाट एक आपसमा चिनजान भएर सम्बन्ध बलियो भएको काँग्रेस प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।