सत्ता साझेदार गठबन्धनका उम्मेदवार र मतदाता बीच मलंगवामा “परिच्यात्मक तथा प्रचार प्रसार”

51 Shares
राधेश्याम कुशवाहा
सर्लाही, १ माघ । सत्ता साझेदार गठबन्धनबाट राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार र सर्लाही जिल्लाको मतदाताहरु बीच “परिच्यात्मक तथा प्रचार प्रसार” कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाही सदरमुकाम मलंगवा स्थित सुजाता होटेलको पार्टी प्यालेसमा संयुक्त पाँच दलिय गठबन्धनद्वारा सोमवार आयोजित “परिच्यात्मक तथा प्रचार प्रसार” कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पुजा चौधरी संग मतदाताहरुको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो ।
“परिच्यात्मक तथा प्रचार प्रसार” कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सत्ता गठबन्धनको निर्णय र सहमती अनुसार मधेश प्रदेशमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको कोटामा राष्ट्रिय सभा सदस्य पदको लागि नेकाबाट ढुंगाना र जसपाबाट चौधरीलाई उम्मेदवार बनाउने निर्णय अनुसार पाँच पार्टीका मतदाताहरुको साझा उम्मेदवार रहेको हुँदा निजद्धयलाई मतदान गरेर जिताउन पार्टीको स्पष्ट निर्देशन रहेको उनले बताए ।

“परिच्यात्मक तथा प्रचार प्रसार” कार्यक्रमका विशिष्ट अतिथि नेपाली काग्रेस मधेश प्रदेशका सभापति एवं मधेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री कृष्णप्रसाद यादवले हाम्रा उम्मदवारद्धय आनन्दप्रसाद ढुंगाना र पुजा चौधरीको पक्षमा मतदान गरेर मधेश प्रदेश माथि देखाएको सत्तासाझेदार गठबन्धनका उम्मेदवारलाई जिताउनु प्रमुख दायित्व रहेको स्पष्ट पार्दै गठनबन्धको सहमतीमा उम्मेदवार हुनु भएका दुबै उम्मेदवारका पक्षमा लाग्न आग्रह गरे । साथै नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी एकिकृत पार्टी र जनमत पार्टीका सम्पूर्ण मतदाताहरुले यो पवित्र अभियानलाई सफल बनाई राष्ट्रिय सभामा पठाउनु हुने विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं मधेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका विरेन्द्र सिंहले हाम्रा साझा उम्मेदवारद्वयलाई अमूल्य मत दिई राष्ट्रिय सभामा पठाउने पार्टीका निर्णयलाई अक्षरस रुपमा पालना गर्नुपर्ने जिकिर गर्दै मधेश प्रदेशबाट पाँच दलका शिर्ष नेताहरु बीच भएको सहमतीलाई पूर्ण रुपमा सघाएर राष्ट्रिय सभामा पठाउने प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न “परिच्यात्मक तथा प्रचार प्रसार” कार्यक्रममा उम्मेदवारद्वय आनन्दप्रसाद ढुंगाना र पुजा चौधरी, जसपाका केन्द्रीय सदस्य तथा मधेश सरकारको मन्त्री शेख अबुल कलाम अजाद, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोक्ता यादव, सोनीकुमारी मोक्तान, निर्मला देवी रमण, जसपा केन्द्रीय सदस्य किरण ठाकुर, नेका पर्सा उपाध्यक्ष नुतन देवी, सन्तलाल चौधरी गुजरा नपा प्रमुख लगायत पाँचै दलका केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु, उपसभापतिहरु, महत्वपूर्ण पदमा रहनु भएका सदस्यहरु, मेयरहरु लगायत बहुसंख्य मतदाताहरुको उपस्थिति रहेको नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।