संघिय लोकतान्त्रिक गणतन्त्र प्रति वितृष्णा हो कि पूर्व राजा प्रतिको आकर्षण ?

77 Shares
संघिय लोकतान्त्रिक गणतन्त्र माथि जनताहरुको विश्वास गुम्दै गएको हो की ? मंगलवार रौतहटको शिवनगरमा ओर्लिएको मानवसागरको भिडले संकेत गरेको महसुस गर्न सकिन्छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको रौतहट स्थित गरुडा नगरपालिकाको शिवनगर महादेव मन्दीरमा पुजा गर्न आउदा खेरी आज दिउसो ओर्लिएका मानवसागरको भिडले संघिय लोकतान्त्रिक गणतन्त्र माथिको विश्वास गुम्दै गएको संकेत गरेको सजिलै महसुस गर्न सकिन्छ ।
शाहको पूर्व निर्धारित कार्यक्रममा सहभागी गराउन केही शक्तिहरु जिल्लामा निकै प्रचारप्रसार गरेका थिए । हुन पनि हो हिन्दु धर्ममा नेपालका राजालाई हिन्दु सम्राट मानिन्थ्यो तर अहिलेको शासन व्यवस्थामा पूर्व राजा ज्ञानेन्द्र शाहको कुनै स्थान छैनन् उनी एक आम नेपाली नागरिक सहर रहेका छन् ।
विक्रम सम्बत २०४६ सालको आन्दोलनबाट नेपालमा प्रजातन्त्र स्थापना भएका थिए । त्यस वेला २०४७ सालको संविधान अनुसार शेरेमुनियम राजाको रुपमा राख्दै प्रजातन्त्रको जग बसालिएको थियो । दलहरुको आन्तरिक कलह एवं सत्ता मोहका कारण तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सत्ता सुम्पिदा पुनः मुलुकमा एकात्मक शासन सुरु भए तर त्यो धेरै बर्ष टिक्न सकेनन् । २०६२÷०६३ को जनआन्दोलनबाट राजतन्त्रलाई समाप्त पार्दै मुलुकमा लोकतन्त्रको स्थापना भए ।
नेपालको संविधान कस्तो बनाउनु पर्दछ भनेर २०६४ सालमा संविधान सभाको निर्वाचन भयो तर त्यसबाट पनि संविधान बन्न सकेनन् । २०७० सालमा दोश्रो संविधान सभाको निर्वाचन पछि २०७२ सालमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएर स्थानीय तह र संसदीय निर्वाचन भएका थिए । दोश्रो पटकको निर्वाचन सम्पन्न भएको एक बर्ष वितिसक्दा पनि गणतन्त्रलाई संस्थागत गर्न नसक्नु र गणतन्त्र विरोधी शक्तिहरुलाई नेपाली जनताहरुको साथ पाउनुबाट स्पष्ट भईरहेका छन् की अहिलेका व्यवस्थाबाट जनताहरु आजिज भईसकेका छन् ।
जनताहरु पूर्व राजाको कार्यक्रममा अभुतपूर्व रुपमा उपस्थिति देखाउन लागेकोमा गणतन्त्र माथि कालो बादल मडारिरहेको अवस्थामा लोकतान्त्रिक संघिय गणतन्त्रका हिमायती एवं रक्षा गर्न बागडोर सम्हालेका सत्ता चलाउने राजनेताहरुको अदुर्दीताको कारण आज पनि ब्यानरमा श्री ५ महाराजाधिराज सरकार लेखेर झुण्डयाउनु, सयौं नेपाली जनताहरुको बलिदानीबाट प्राप्त संघिय संविधानको उपेक्षा गर्दै २०४७ सालको संविधानलाई ब्युताउने जस्ता नाराहरु घन्किदा के हेरेर राज्य संचालनका शक्तिहरुले बसे ? किन विवादित ब्यानर हटाइएन ? लगायतका प्रश्नहरु अहिलेका सरकार माथि तेश्रिएका छन् ।
संघिय लोकतान्त्रिक गणतन्त्रलाई हाक्ने राजनेताहरुले जनतालाई प्रदान गर्नुपर्ने अधिकार, सेवा सुविधा, शिक्षा, स्वास्थ्य, रोजगारी, लगायतका विभिन्न एजेण्डाहरुमा खरो नउत्रिएका कारण जनताहरु यो व्यवस्था भन्दा राजै ठिक छ भन्दै आकर्षण बढेको हुनसक्ने समाजसेवीहरु बताउँछन् ।
अहिले गाउँ गाउँमा राजाहरु भईसक्यो जसले लुट्नु बाहेक अन्य केही काम गर्दैनन्, सबै लुटेर देशलाई कंगाल बनाइसक्यो, त्यसैले एक जना राजा भएमा मात्रै यो देश राम्ररी चल्ने छ उनीहरुको विश्वास रहेको छ । शिक्षाबाट बंचित राखिएका नेपाली समाजमा संघिय लोकतान्त्रिक गणतन्त्रको कुनै आवश्यक्ता नरहेको हुँदा देशलाई पूर्ण साक्षर एवं विकसित बनाउने काम राजाको जिम्मामा दिन नेपाली जनताहरु तयार रहेको हुँदा राजा आउनुको कुनै विकल्प नरहेको राजाको समर्थकको रुपमा रहेका दुर्गा भगवती गाउँपालिका १ का नन्दलाल साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।