रौतहट, ५ माघ । भगवान रामको प्राण प्रतिष्ठा हुने दिन आउदो सोमवार अर्थात माघ ८ गते एक दिनको लागि रौतहट जिल्लामा माछामासु र मदिराको विक्री वितरण बन्द रहने सम्बध पालिकाहरुले पत्र मार्फत सर्वसाधारणहरुको जानकारीको लागि जनहितमा सूचना प्रकाशित गरेका छन् ।
भारतको अयोध्यामा २२ जनवरी (८ माघ) सोमवारका दिन भगवान रामको प्राण प्रतिष्ठा गरिने भएको हुँदा सम्पूर्ण सनातन धर्माबलम्बीहरुले उक्त दिनलाई भव्य एवं सभ्य रुपमा मनाउनका निमित्त पालिकाहरु संग माछामासु र मदिराको विक्री वितरणमा एक दिनको लागि रोक लगाउन गरिएको आग्रहलाई गौर, इशनाथ, कटहरिया, राजदेवी, बौधीमाई, गढीमाई नगरपालिका र दुर्गा भगवती गाउँपालिकाको प्रशासकीय अधिकृतहरुले एक पत्र सार्वजनिक गर्दै आउदो सोमवार साकाहारी रहेर भगवान राम प्रति समर्पित हुन आग्रह गरिएका हुन् ।
पालिकाहरुबाट जारी भएको पत्रमा माघ ८ गते कुनै किसिमको बध नगर्न, माछामासुको साथै मदिराको विक्री वितरणमा एक दिनको लागि पूर्ण रुपमा रोक लगाइएको प्रकाशित पत्रमा उल्लेख गरिएका छन् । हुनत मधेश प्रदेशका प्रायः जिल्लामा रहेका स्थानीय तहहरुले यस्तो निर्णय गरेपनि शतप्रतिशत रोक लाग्ने बुझिएका छन् ।
उक्त दिन विहानै देखि भगवान रामको प्राण प्रतिष्ठालाई लिएर नेपाली सनातनीहरु पूर्ण रुपमा जागरुक भएको छ । यसै क्रममा गौर नपा ५ स्थित रामजानकी मन्दीरमा पनि भगवान रामको प्राण प्रतिष्ठा हुन लागेको हुँदा सो दिन १२.३५ बजेको समयमा श्रद्धालु भक्तजनहरु उपस्थित हुन आयोजक समितिले आग्रह गरेका छन् ।
भगवान रामको ससुराली नेपालमा भएको हुँदा उनको प्राण प्रतिष्ठाको दिनमा सम्पूर्ण नेपालीहरु उहाँ प्रति सच्चा भाव भक्तिले ओतप्रोत भई भगवान प्रति समर्पित हुनुपर्ने दिन रहेको हुँदा सतकर्मलाई अघि बढाउनुपर्नेमा जोड दिइएका छन् ।
अन्य दिनहरुमा विदा रहने चलन रहेको छ तर भगवान रामको प्राण प्रतिष्ठा हुने दिनमा प्रदेश सरकारले विदा दिनुपर्ने प्रदेशको हरेक स्थानबाट आवाज उठिरहेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन