रौतहट, ५ माघ । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा विहिवार राति स्यालको टोकाईबाट १२ जना महिलापुरुष घाइते भएका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर ७ धनारी टोलमा गएराति साढे ८ बजेको समयमा स्यालको टोकाईबाट १२ जनालाई घाइते भएको छ भने दुई जनाको अवस्था गम्भीर रहदा उपचारको लागि नेशनल मेडिकल कलेज विरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएको हुन् ।
स्यालको आक्रमणबाट घाइते भएका मध्ये नसरुदिन अंसारीको ६० बर्षिय श्रीमती तेतरी खातुन र नथुनी अंसारीको ४० बर्षिया श्रीमती जैयबुल खातुनको सामान्य उपचार पछि थप उपचारको लागि विरगंज स्थित नेशनल मेडिकल कलेजमा पठाइएपछि त्यहाँ दुबै जनाको उपचार भईरहेको उनले भनिन् । दुबै महिलाको अनुहार र शरीरमा स्यालले टोकेर घाँउ लगाएको हुँदा यहाँ उपचार सम्भव नभएपछि वीरगंजमा भईरहेको स्पष्ट पारिन् ।
स्यालको आक्रमणबाट अन्य १० जना घाइते उपचारपछि घर फर्किसकेको डिएसपी गिरीले जानकारी दिदै स्यालको आतंक भएको स्थान वरिपरी एक्लै घरबाहिर ननिस्कने आग्रह गरिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन