रौतहट, ७ माघ । सशस्त्र प्रहरी स्थापना भएको २३ औं बर्षको उपलक्ष्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटर रौतहटमा आईतवार रक्त दान (ब्लड डोनेशन) गरेर हर्षोल्लासका साथ “२३ औं सशस्त्र प्रहरी दिवस २०८०” मनाइएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटर रौतहटमा आज विहानै आयोजित रक्त दान कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक एवं गणपति माधव रेग्मीले रगत दिई कार्यक्रमको औपचारिक रुपमा सुरुआत गरिएका थिए ।
रेडक्रम सोसाइटी रौतहटका अध्यक्ष राजकिशोर यादवको प्रमुख उपस्थितिमा रक्त झिक्ने रेडक्रसकर्मी एवं चिकित्सकहरुको मद्दतबाट सशस्त्र प्रहरीका डिएसपी देखि लिएर जवानले रक्त दान गरेर “२३ औं सशस्त्र प्रहरी दिवस २०८०” लाई भव्य बनाइयो ।
रक्त दान कार्यक्रममा २५ जना सशस्त्र प्रहरीका कर्मचारीहरुले दान गरेको तथा त्यस क्रममा सशस्त्र प्रहरीका उपरिक्षक रेग्मीले १२ औं पटक सम्म यस अघि रक्त दान गरिसकेको सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वाटरले जानकारी दिएका छन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन