रौतहट, ७ माघ । राम नामको धुनले अहिले गौर ५ र दुर्गा भगवती मत्सरी गुञ्जमान बनेका छन् ।
भोली सोमवार राम मन्दिर गौरको हुने प्राण प्रतिष्ठा कार्यक्रमलाई सभ्य भव्य बनाउन त्यही रामनामको धुन बजाउदै गरेका छन् । त्यस्तै दुर्गा भगवती गाउँपालिका ३ मत्सरी स्थित रामजानकी मन्दीरमा पनि सीताराम को धुनले गुञ्जमान बनेका हुन् ।
विभिन्न झिलीमिली बत्ती राखेर सजाइएका राम मन्दीर गौरको नवनिर्मित मन्दिरको भोली अपरान्ह् १२.३५ मा प्राण प्रतिष्ठा हुने भएको हुँदा सम्पूर्ण सनातनी धर्मावलम्बीहरुको साथै सम्पूर्ण नगरवासीहरु आएर उक्त समयमा शोभा बढाइदिन मन्दीर आयोजक समितिले आग्रह गरेका छन् । उक्त अवसरमा सम्पूर्ण नगरवासीहरुको गरिमामय उपस्थितिको लागि सादर आमन्त्रण गरिएको हुँदा अवश्य सहभागी हुने बताइएका छन् ।
रामजानकी मन्दीर मत्सरीमा सितारामको धुनमा २४ घण्टा सम्म चल्ने अष्ट्रयाम भईरहेका छन् । राममन्दीरलाई निकै सजाइएको छ । प्रत्येक घरघरबाट आएर दर्शन गरिरहेको र भोली पनि दिनभरी उपस्थित भई साँझ पख मत्सरीमा दिपावली मनाउने कार्यक्रम रहेको युवाहरुले बताए ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा पनि यस्तै कार्यक्रमहरु भईराखेका छन् । तराई टपलाई प्राप्त हुने कार्यक्रमका सुचीहरु समेत राखिने छौं । रौतहट मात्रै नभई मधेश प्रदेश बाहेक हिन्दु धर्म मान्ने हरेक स्थानहरुमा भोलीका दिनलाई अति नै पवित्र मानेर माइदैछ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन