रौतहट, ८ माघ । “जय श्री राम, जय जय श्री राम” को जयकाराबाट रौतहट सहित तराई मधेशका जिल्लाहरु गुञ्जमान बनेका छन् ।
मित्र राष्ट्र भारत उत्तर प्रदेशमा रहेका अयोध्यामा भगवान रामको पवित्र जन्मभुमिमा बर्षौ देखि सनातनीहरुले देखेका सपना सोमवार पुरा भएका हुन् । अयोध्यामा भगवान रामललाको मन्दीरलाई आज भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले प्राण प्रतिष्ठा गरेकै समयमा नेपालको विभिन्न स्थानहरुमा रहेका रामजानकी मन्दीरहरुमा भव्यताका साथ पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगायतका राम नामको धुनबाट रौतहट सहित तराई मधेशका पर्सा, वारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी सहितका जिल्लाहरु गुञ्जमान बनेको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर ५ कर्मचारी मिलनकेन्द्र नजिक नवनिर्मित राम मन्दीरको एक समारोहका बीच प्राण प्रतिष्ठाको साथै मन्दीरको उदघाटन गौर नगरको नगरप्रमुख शम्भु साहले रिवन काटेर गरे । मन्दीर परिसरमा विगत २४ घण्टा देखि जारी रहेको हवन कार्यक्रममा समाजसेवी एवं इन्जिनियर दिपेन्द्र यादव र उनको श्रीमतीले आरती गरे ।
गौर नगरको प्रत्येक वडाबाट स्वस्फूर्त रुपमा स्थानीय बासिन्दाहरु “जय श्री राम, जय जय श्री राम” को नारा घन्काउदै बाजागाँजा सहित शोभा यात्रामा सहभागी भई भगवान राम प्रति आफूलाई समर्पित गरे । ठूलो संख्यामा सनातनीहरु हर्षोल्लासका साथ आफूलाई राम भक्त बनाएर विश्वलाई देखादिएका छन् नेपाल धर्मनिरिपेक्ष भएपनि सनातन हिन्दु धर्मप्रतिको आस्थामा रती भर कमी आएका छैनन् ।
दुर्गा भगवतीको पाँच वटै वडामा विभिन्न किसिमका झाकीहरु प्रदर्शन गरिएको साथै स्थानीय युवाहरुको नेतृत्वमा मोटरसाइकल रयाली निकालिएर गाउँपालिकाको पाँच वटै वडामा जय जय श्रीरामको नारा लगाउदै परिक्रमा गरेका छन् । भने संघिय साँसद किरण साहको नेतृत्वमा “जय श्री राम, जय जय श्री राम” को नाराहरु घन्काउदै मोटरसाइकल रयालीमा सहभागी भए । यस्तै गरुडामा काँग्रेसको युवा नेता दिपक यादवको सहितका युवाहरु मोटरसाइकल रयाली निकाले । गरुडा, राजदेवी, देवाहीगोनाही, परोहा, इशनाथ, बौधीमाई, मौलापुर, माधवनारायण, गढीमाई, वृन्दावन, फतुवा विजयपुर, गुजरा र चन्द्रपुर नगरपालिकामा हर्षोल्लासका साथ रामधुनबाट गुञ्मान भाई राम प्रति समर्पित स्थानीयहरु भएका छन् ।
“जय श्री राम, जय जय श्री राम” को नारा भारतको अयोध्यामा मात्रै सिमित नभई नेपाल सहित विश्वमा बसोबास गर्ने सम्पूर्ण सनातनीहरुको महापर्वको रुपमा रहेको हुँदा यसलाई भारतको पर्व भनेर हस्याष्पद बनाउने केही कथित पाखण्ड बोकेकाहरुको मिथ्या प्रचारबाजी मात्रै भएको सनातनीहरु बताउँछन् ।
आज साँझ प्रत्येक मन्दीरमा दिप प्रज्वलन गरेर दिपावली मनाउने कार्यक्रम रहेको हुँदा आजको साँझ राम नाम को दिपावली मनाएर प्रभु राम लला प्रतिको भक्तिबाट सम्पूर्ण विश्व विभोर बन्ने छन् । रौतहट जिल्लाको प्रायः गाँउलाई दुल्हि झै सिंगारिदै “जय श्री राम, जय जय श्री राम” को झण्डा झुण्डयाइएको छ ।
सिंगो विश्वको सनातनीहरुको महापर्वमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार विदा नदिएपनि स्थानीय तहको कार्यालयमा काम गराउने सेवाग्रही नजाँदा कार्यालय खुलेपनि बन्द सरह रहेका छन् ।
रौतहट जिल्लाको विभिन्न स्थानमा राममय बनेको तस्वीर फिचर








बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन