सत्येन्द्र पाण्डे
जनकपुरधाम, ८ माघ । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार साँझ जनकपुरधाम स्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्ज्वलित गरिने भएका छन् ।
भगवान राम ललाको नवनिर्मित मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएका हुन् ।
साथै आजको दिनमा विशेष उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष दिन भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सवैमा आग्रह गरिएको छ ।
जनकपुरधामबासीले घर घरमा भगवान हनुमान को १÷१ ओटा झण्डा लगाएका छन् । जनकपुरधाम उप– महानगरपालिकाले आजको दिन माछा मासु बिक्रीमा रोक लगाउनुका साथै उत्सवको अवसरमा दीपावली मनाउन आग्रह गरेको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल लगायत एक हजार भन्दा बढी भार अयोध्या पठाइसकेको छ ।
भागवान रामको मन्दिरलाई प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास बिहीबार अयोध्या पगिसकेका छन् ।
सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज को लागि सार्वजनिक बिदा दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन