रौतहट, १० माघ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा रौतहट जिल्लाको प्रत्येक वडामा डेष्क स्थापना गरेर राष्ट्रिय परिचय पत्रको लागि बायोमेट्रिक संकलन अभियान संचालन गरिने भएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाडौंद्वारा “राष्ट्रिय परिचपपत्र सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया÷अभिमुखिकरण” कार्यक्रम जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधवार आयोजना गरियो ।
अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कडेलले प्रत्येक पालिकामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य भईरहदा अझ यसलाई प्रभावकारी बनाउने उद्देश्यबाट र यसै आर्थिक बर्षमा सकिने गरी भोली देखि प्रत्येक वडाहरुमा यो अभियान संचालन गरिने स्पष्ट पारे ।

वडाहरुमा संचालन हुने विवरण संकलनको कार्यलाई तदारुक्ताका साथ अघि बढाउने जिम्मेवार पालिकाहरुको भएको बताउदै उक्त कार्यमा लाग्ने लागत मध्ये आधा रकम पालिकाबाट बन्दोबस्त मिलाउनुपर्ने उनले जिकिर गरे । सामानहरुलाई सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ सामानहरु हराएमा पाउन कठिन रहेको हुँदा स्थानीय सुरक्षा अधिकारीहरुद्धारा विवरण संकलन केन्द्र सहित सामानहरुको हिफाजत साथ सुरक्षा गर्नुपर्ने बताए ।
उनले विभिन्न घटना विवरणलाई डिजिटल प्रणालीमा लैजाने माध्यम राष्ट्रिय परिचय पत्र भएको हुँदा राष्ट्रिय परिचय पत्रका लागि स्वस्फूर्त रुपमा अग्रसर भएर बायोमेट्रिक अनिवार्य रुपमा गराउनुपर्नेमा जोड दिए । पालिकाका प्रमुखहरु आफनै कार्यक्रम सम्झेर गाउँ गाउँमा सकारात्मक वातावरण तयार गराइदिनुपर्ने भुमिका निर्वाह गर्न आग्रह गरे ।
सो कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश केसरीले राष्ट्रिय परिचय पत्रको आवश्यक्ता किन ? यसबाट के के फायदा हुन सक्ने महत्व वारेमा प्रकाश पार्दै राष्ट्रिय परिचय पत्र व्यवस्थापन कार्यक्रम, पंजिकरण कार्यक्रम, समाजिक सुरक्षा भत्ता कार्यक्रम लगायत सवारी अनुमती पत्र सहितका विविध उद्देश्य समाहित रहेको हुँदा राष्ट्रिय परिचय पत्र पाउनबाट कोहिपनि नागरिक बंचित नहुन आग्रह गरे ।
६३ वटा जिल्लामा वडा स्तरिय कार्यक्रम संचालनमा रहेपनि अब रौतहट सहित १० वटा जिल्लाको प्रत्येक वडामा संचालन हुन गइरहेको अवस्थामा यस कार्यलाई सफल बनाउन रौतहटका जनप्रतिनिधि, पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, संचारकर्मी सवैको त्यतीकै दायित्व रहेको हुँदा यस कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउने उनले अपिल गरे ।
अहिले सम्म २४ लाख ८२ हजार राष्ट्रिय परिचय पत्रको कार्ड छपाई भईसकेको भएपनि वितरण २ लाख २४ हजार मात्रै भएको निर्देशक केसरीले बताए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सबै क्षेत्रमा पछाडी परेका रौतहटलाई राष्ट्रिय परिचय पत्रको क्षेत्रमा अघि बढाउनुपर्ने दायित्व सबैको रहेकोमा सक्रिय भएर लाग्न उनले आवश्यक्ता महसुस गरे । वडामा खटिने टोलीको सामानहरुको सुरक्षाको व्यवस्थापन देखि लिएर काम गराउने वातावरण स्थानीय तहका प्रमुखहरुको जिम्मेवारी रहेको हुँदा सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।
सम्पूर्ण राजनीतिक दलहरु चनाखो भएर राष्ट्रिय परिचय पत्रको महाअभियानमा समाहित हुन समेत उनले सम्पूर्ण जिल्ला बासीलाई आहवान गरे ।
सो कार्यक्रममा विभिन्न स्थानीय तहका नगरप्रमुखहरु, उपप्रमुखहरु, प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेम चन्द्र झा, प्रमुख प्रशासकीय अधिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन