नेपाली काँग्रेसको भोट बैंक नभई ब्लड बैंक मधेश हो केन्द्रीय सदस्य मोहन बस्नेत

670 Shares

तराई टप संवाददाता
रौतहट, ६ भदौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य मोहन बस्नेतले मधेश नेपाल काँग्रेसको भोट बैंक नभई ब्लड बैंक रहेको बताउनु भएको छ ।
नेपाली काँग्रेस पार्टी कार्यालय गौरमा आईतवार आयोजित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले काँग्रेसको मेरुदण्डको रुपमा रहेको मधेशलाई पछिल्लो समयमा पार्टी नेतृत्वले हेर्ने दृष्टिकोर्णमा फरक धार ल्याउदा यहाँ काँग्रेस कमजोर भएको परिणाम स्वरुप देशमै कमजोर भएको टिप्पणी गरे ।
पार्टी संगठनलाई बलियो बनाउनका निमित्त गुट उपगुटको मानसिकताबाट माथि उठेर संगठन विस्तारमा लाग्नुपर्ने, युवा पुस्तालाई अगाडी बढाउनु पर्ने, ठोस रुपमा क्रियाशिल सदस्यता बढाएर पुन ः एक पटक तराई मधेशमा काँग्रेसलाई बलियो बनाएमा मात्रै मुलुक बलियो हुने तर्क दिए ।
दुई तिहाईको कम्युनिष्टको सरकार चलाउन नसकेर ढलेपछि नेपाली काँग्रेसको नेतृत्वलाई स्वीकार्य गरेको परिणाम नै आज पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको स्पष्ट पार्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले जव जव मुलुकमा शंकट आउछ नेपाली काँग्रेसले नेतृत्व लिई देशलाई निकास दिने गरेको पर्याप्त उदाहरण रहेको जिकिर गरे ।
मुलुक कोरोना माहामारी, बाढी पहिरोबाट अस्तव्यस्त रहदा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले सहज रुपमा भ्याक्सिन देखि लिएर बाढी पहिरो प्रभावित बस्तीमा उपस्थित भई राहत एवं क्षतिपूर्तीको व्यवस्थापन गरेको चर्चा गर्दै सोही अनुरुप बाढीमा परेर ज्यान गुमाएकाहरुलाई जनही पार्टीले २५ हजार रुपैया दिने घोषणा गरिसकेको बताए ।
नेपाली काँगे्रस रौतहटका सभापति कृष्णप्रसाद यादवले प्रदेश नम्वर २ मा रौतहट संगठनमा सवै भन्दा बलियो स्थानमा भएपनि पार्टी नेतृत्व जहिलेपनि यो जिल्ला संग हेपहा प्रवृति अपनाएको आरोप लगाए । २ साँसद, ८ स्थानीय तह प्रमुख, प्रदेश सदस्य जिताएको तर केन्द्रमा मनोनित हुनेहरु वा संबैधानिक निकायमा जहिले पनि धनुषा र सप्तरीको पर्ने गरेको गुनासो व्यक्त गरे । संगठन विस्तार नगरी १ नम्वर क्षेत्रका १० व्यक्ति जहिले पनि बाधा अवरोध खडा गर्दै आएको र अहिले पार्टी केन्द्रीय कार्यालयमा बसेर धर्ना दिइरहेको तिनीहरुलाई बरिष्ठ नेता रामचन्द्र पौडेलले काखी च्यापेकोमा आलोचना व्यक्त गरे ।
सो कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला समनवय समितिको सभापति रामएकवाल यादव, राजदेवी नपाको मेयर धिरेन्द्र सिंह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साह, युवा नेता राजेश चौधरी, पार्टी सचिव हृदयनारायण यादव, कृृष्णा चौधरी, ओमप्रकाश जयसवाल, दिपेन्द्र सिंह, रामभरोस यादव, अबधकिशोर साह लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।