काठमाडौं, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग चिनियाँ प्रतिनिधि मण्डलले शनिवार भेटघाट गरेको छ ।
नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले आज प्रधानमन्त्री दाहाल संग उनको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटघाट गरेकी हुन् ।
प्रधानमन्त्री संगको भेटमा उनीहरू बिच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।
चिनियाँ उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी छिन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु सँग भेटवार्ता गर्ने छिन् । सुनले व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन