रौतहट, १३ माघ । रौतहटको चन्द्रपुर स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट शनिवार विहान एक पैदल हिडिरहेका व्यक्तिको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ जगत आयल स्टोर्स नजिक सर्लाहीबाट नारायणगढ तर्फ गईरहेका बा३ख ३४४५ नम्वरको बसको ठक्करबाट सोही वडाका स्थानीय ५५ बर्षिय मोधनाथ पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
मौर्निङ वाकमा निस्किएका पौडेललाई बसले ठक्कर दिदा उनको टाउकोमा गम्भीरु चोट लागेपछि तत्कालै उपचारको लागि चन्द्रपुर सरकारी अस्पतालमा लगियो । तर उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । बस र चालक चन्द्रपुर ४ घर भएका ३६ बर्षिय विजय राईलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट