सडक कब्जा गरेर बनाइएको घर तथा टहरा माथि डोजर

60 Shares
राधेश्याम कुशवाहा 
सर्लाही, १४ माघ । सर्लाहीको गोडैता नगरपालिका र विष्णु गाउँपालिकाको विश्वनाथपुर सम्म जोड्ने हुलाकी सडकमा अनाधिकृत रुपमा सडक अतिक्रमण गरेर बनाइएको घर टहरा माथि डोजरको प्रयोग गरेर हटाउने काम सुरु भएका छन् ।
गोडैता नगरपालिका वडा नम्वर २ जयपुर स्थित श्री जनता आधारभुत विद्यालय नजिक सडकमा अनाधिकृत रुपमा निर्माण गरी बनाइएको ३ वटा टहरा सहित अन्य संरचना डोजर प्रयोग गरेर हटाइएका हुन् ।
सडक डिजिजन कार्यालयबाट निर्माण हुन लागेको गोडैता नरपालिका वडा नम्वर ८ हुलाकी सडक देखि जयपुर हुँदै बिष्णु गाउँपालिका वडा नम्वर ४ विश्वानाथपुर सम्म जोडने ६ किमि पक्की सडक खण्डमा निर्माण गरिएका अवैध संरचनाहरुलाई प्रदेश सांसद फकिरा महतोको पहलमा अतिक्रमण गरेर बनाइएको घरटहरलाई खाली गराउन अभियान सुरु गरिएको महतो निकट विजय कुशवाहाले जानकारी दिए ।
महतोको अगुवाईमा बर्षाैदेखी कब्जा गरेर राखिएको सडकलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा खाली गराइएको छ । सडक खाली गराउन पटकपटक विवाद समेत उत्पन्न हुँदै आएको थियो, कुशवाहाले भने तर माननीय महतोको संयम र सुझबुझले शान्ति पुर्वक घर तथा टहरा हटाउन सफल भएको उनले भने ।
सर्वसाधारणहरुद्वारा सडक कब्जा गरिएका कारण सडक निर्माण लगायत विकास निर्माण कार्यमा ढिलाई हुँदै आएका कारण सडकमा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउने जिम्मेवारी नै लिएको माननीय फकिरा महतो बताउँछन् ।
सडक अतिक्रमणका कारण सडक निर्माणमा ढिलाई हुँदै आएको थियो । साईट क्लियर नभएर त्यस ठाउँमा सडक पक्की न गर्ने ठेकेदार कम्पनीले अडान रहेको थियो ।
समयमै साईट क्लियर न भए निर्माण कम्पनीले निर्माण कार्य छाडेर फरार हुने गरेका कारण सडक निर्माण कार्यलाई तिब्रता दिलाउन र तोकिएकै समयमा योजना सम्पन्न गराउन आफैं विवादित ठाउँमा पुगेर स्थानीयवासीसंग पटकपटक वार्ता तथा छलफल गर्दै आएको साँसद महतोले भने ।
सडक अतिक्रमण गरिएका कारण निर्माणमा ढिलाई हुन नदिन विश्वनाथपुर, मधुवनगोठ, बारा, बेल्वाजब्दी भटौलिया, बहादुर लगायत गाउँका विभिन्न विवादित ठाउँमा पुगी आफनै अगुवाईमा सडक कब्जा गरि अनाधिकृत रुपमा निर्माण गरिएका घर, टहराहरु खाली गराएको उनले जानकारी दिए ।
आफनै कार्यकालमा क्षेत्र भरिका वडाहरुलाई जोडिने मुख्य मुख्य सडक निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । गोडैताको हुलाकी सडकदेखी विश्वनाथपुरसम्म पक्की सडक निर्माणका लागि राजदेवी भक्त निर्माण कम्पनी, चपुरले ठेक्का लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।