चीन संग सम्बन्ध र सहयोग बढाउनुपर्नेमा नेपालका प्रमुख नेताहरुको जोड

52 Shares

चीन नेपाल सम्बन्बलाई सुधार गरे आर्थिक क्षेत्रमा सुधार गर्नुपर्ने नेपाली काँग्रेसका नेता शशाँक कोइराला, एमाले नेता इश्वर पोखरेल र रास्वपा नेता शिशिर खनाल

नेपाल र चीनका राजनीतिक दलका नेताहरूले राजनीतिक सँगै आर्थिक सम्बन्धलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
आईतवार दुई देशबिचको राजनीतिक दलको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले आर्थिक सम्बन्धमा जोड दिनुपर्ने बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश उपमन्त्रीको नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डल सँगको छलफलका क्रममा नेपालका राजनीतिक दलका नेताहरूले आर्थिक सम्बन्धलाई चीन संगको विस्तारमा जोड दिए ।
अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उप–विदेशमन्त्री सुन हेयानले चीन नेपाल बिचको सहकार्य नयाँ उचाइमा पुगेको बताइन् । दुई देशबिच सम्पन्न पछिल्ला सम्झौताले नेपाल र चीनबिचको राजनीतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताएकी छिन् ।
उनले नेपालको आर्थिक स्थितिलाई सुधार गर्नका लागि चीनले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने समेत बताइन् । उनले भनिन्, ‘नेपालको आर्थिक क्षेत्र मजबुत बनाउनका लागि पर्यटन क्षेत्रको सहायता लिन सकिन्छ । चीनले यसमा सहयोग गर्छ ।’ तर, पर्यटन क्षेत्रको विकासका लागि नेपालले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।
‘पर्यटनसँगै सबै क्षेत्रको पूर्वाधार निर्माणमा नेपालले जोड दिनुपर्छ,’ अन्तरक्रियामा उनले थपिन्, ‘नेपाल आउनुअघि चिनियाँ व्यवसायीसँग नेपालमा लगानीका लागि समेत छलफल गरेको थिएँ ।’ त्यस क्रममा चिनियाँ व्यवसायीले नेपालको नीतिगत अस्थिरताको बारेमा जानकारी दिएकाले यो अस्थिरतामा नेपालका नेताहरूले सुधार गर्नुपर्ने उनको तर्क थियो ।
यसबाहेक, चीनले नेपालको विकासका लागि अधिकांश परियोजना अघि बढाइरहेको उनले बताइन् । तर, यी परियोजना तीव्र गतिमा अघि नबढ्दा सर्वसाधारणले लाभ लिन नपाएकाले यसलाई समेत सुधार गर्नुपर्ने हेयानले बताइन् ।
नेपालका लागि चिनियाँ राजदूत चेन सँगले नेपाल र चीनबिचको सम्बन्ध पछिल्लो समय नयाँ उचाइमा पुगिरहेको बारे आफु जानकार रहेको बताए । उनले चीनबाट नेपालमा घुम्नका लागि आउने पर्यटकको संख्या बढ्दो अवस्थामा रहेको बताउँदै यसबाट नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने सुझाव दिए । कोभिड महामारीको समयमा चिनियाँ पर्यटक नआउँदा नेपालीले आफूसँग चिनियाँ खोइ भनेर प्रश्न गरेको समेत उनको भनाइ छ ।
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाल चीनसँग सिमाना जोडिएका १४ वटा मुलुक मध्ये एक देश भएको बताए । यसबाट नेपालले प्रत्यक्ष आर्थिक फाइदा लिन सक्ने र त्यसका लागि चीनले सहयोग जारी राख्नुपर्ने कोइरालाको भनाइ छ । ‘चीन र भारतमा विश्वको ४० प्रतिशत जनसंख्या रहेको छ,’ कोइरालाले भने, ‘यी देशको ठुलो बजारबाट नेपालले लाभ लिन चीनको सहयोग चाहिन्छ ।’

यस्तै, नेपालले चीनको बीआरआई परियोजनाबाट समेत लाभ लिन सक्नुपर्ने बताउँदै कोइरालाले भने, ‘चीनले नेपालको विकास क्षेत्रमा सहयोग गर्नुपर्छ । नेपाल चीनको एक देश नीतिमा अडिग रहन्छ ।’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीनको आर्थिक विकासबाट नेपालले लाभ लिन नसकेको बताए । उनले गोरखाली रबर उद्योग, भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता उद्योग चीनको सहयोगमा स्थापना भएकोमा ती उद्योग सञ्चालनलाई निरन्तरता दिन नसक्दा प्रत्यक्ष आर्थिक लाभ लिनबाट चुकेको बताए । तर, भावी दिनमा ती उद्योग सञ्चालनका लागि निरन्तर पहल गरिराख्ने उनको भनाइ छ ।
‘चीनको एक देश नीतिमा नेपाल अडिग छ । हङकङ, मकाउ र ताइवान चीनको अभिन्न अंग हुन भन्नेबारे हामी प्रस्ट छौँ,’ महासचिव पोखरेलले भने, ‘नेपाल ताइवानको स्वतन्त्रताको विपक्षमा छ ।’ तर, यसको बदलामा चीनले समेत नेपालको सार्वभौमसत्तालाई मान्नुपर्नेमा महासचिव पोखरेलको जोड छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तर्राष्ट्रिय सम्बन्धी विभाग प्रमुख शिशिर खनालले नेपाल र चीनबिचको सम्बन्ध परापूर्व कालदेखि नै कायम रहेको बताए । उनले अरनिको पालादेखि नै नेपाल र चीनबिच आर्थिक र सामाजिक सम्बन्ध स्थापित भएको स्मरण गर्दै भावी दिनमा चीनले नेपालको आर्थिक क्षेत्रको विकासमा भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।