66
Shares
रौतहट, १५ माघ । रौतहट जिल्लाको विभिन्न स्थानहरुबाट अबैध रुपमा भारतबाट सामानहरु चोरी पैठारी गरेर भित्रयाइएको ५ लाख ३४ हजार मूल्य बराबरको मालसामानहरु बरामद गरिएका छन् ।
माघ १० देखि १४ गते सम्म सीमापारी भारतबाट चोरी पैठारी गरेर राजस्व छलेर भित्रयाइएको उक्त मूल्यबाराबरको मालसामानहरु बरामद गरी आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएका हुन् ।
बरामद भएका सामानहरुमा चार थान भारतीय नम्वरका मोटरसाइकल अन्दाजी मूल्य चार लाख र किराना सामान, लत्ताकपडा र मोवाइल गरेर १ लाख ३४ हजार ९५० गरी पाँच लाख ३४ हजार ९५० मूल्य बराबरको भन्सार छलीका सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको डिएसपी गिरीले भनिन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन