“समुदायमा नेपाली काँग्रेस” अभियानको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीद्वारा औपचारिक रुपमा रौतहटमा सुरुआत

63 Shares

रौतहटं, १५ माघ । “नागरिकको कुरा सुन्न समुदायमा नेपाली” नेपाली काँग्रेसको औपचारिक रुपमा रौतहट जिल्लामा कार्यक्रम सुरु भएका छन् ।
रौतहट सदरमुकाम गौर स्थित जिल्ला पार्टी कार्यालयमा सोमवार आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली काँग्रेस भोली देखि रौतहटको १५७ वटै वडामा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्का संगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु पनि सुनेर टिपोर्टहरु संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्ने उनले बताए ।
वडामा रहेका नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक कस्ता कस्ता सेवाहरु पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेस सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यस तर्फ आ आफना दायित्वलाई निर्वाह गर्न उनले निर्देशन दिए ।
नेपाली काँग्रेस जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिल यादवको सभापतित्वमा सम्पन्न जिल्ला स्तरिय कार्यक्रममा जिल्ला सचिव रामचन्द्र गिरीले स्वागत गरे । समुदायमा नेपाली काँग्रेस कार्यक्रममा जिल्लाका उपाध्यक्षद्वय धिरेन्द्र सिंह र रामलोचन जयसवाल, क्षेत्रिय सभापतित्रय श्रीराम यादव, रामस्नेही यादव र सरफलाल गुप्ता, सुर्य थापा, मेयरत्रय श्याम प्रसाद यादव, बैजु यादव, शेख वकिल, युवा नेता मिथिलेश मिश्र, तरण दलका जिल्ला अध्यक्ष सोभित सिलवाल, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु, हृदयनारायण यादव, रामनारायण यादव, मोहन यादव, किसान संघका प्रदेश अध्यक्ष सन्तलाल साह, विन्दा साहनी, महिला प्रतिनिधिहरु लगायतका विभिन्न जनवर्गिय संघ संगठनका प्रमुख एवं सदस्यहरुको उपस्थिति रहेको नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव दिपेन्द्र सिंहले जानकारी दिए ।

तस्वीर फिचर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।