सर्लाही, १५ माघ । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार सर्लाही जिल्लाको दुई सय वडाहरुमा भोली मंगलवार अर्थात माघ १६ गते सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएको नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
विभागीय प्रमुख गुप्ताका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानको नारा तय गरेको हो । यो अभियान माघ १६ गते देखि २६ गते सम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको उनले भने ।
सो अभियान संचालनको लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा गणेश लामा र नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादबलाई खटाइएको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले सर्लाही को सबै वडामा अभियान संचालन गर्ने निर्णय भएको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट