54
Shares
सर्लाही, १६ माघ । लागुऔषध नाइट्राभेट, कोरेक्स र गाँजा सहित सर्लाही प्रहरीले मलंगवाबाट दुई जनालाई पक्राउ गरेका छन् ।
नियमित गस्तीमा खटिएका प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा मलंगवा नगरपालिका वडा नम्वर ८ मा कोठा भाडामा लिई बसेका ३४ बर्षिय मनोज राउत र निजलाई सहयोग पुर्याउने मलंगवा नपा ६ का ३२ बर्षिय समसुद्दिन मिकरानीलाई लागु औषाध नाइट्राभेट ११ पत्ता (३१० चक्की), कोरेक्स १०० एमएलको १४ बोटल र नौं सय ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन ।
दुबै जनालाई लागुऔषध शिर्षकमा म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन