जिल्ला प्रहरी कार्यालय रौतहटको पछिल्लो ६ महिनाको प्रगति विवरण विगत भन्दा सुधारोन्मुख

87 Shares

रौतहट, १६ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक बर्षको पुस मसान्त सम्मको भन्सार छली देखि लिएर विभिन्न अपराधिक गतिविधिहरु लगायत जिल्लामा शान्ति सुरक्षाको कार्य विगत भन्दा सुधारोन्मुख रहेको पाइएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हाले देखि नै प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले चोरी निकासी पैठारी माथि अंकुश लगाउनुको साथै शुन्य सहनशिलतामा रहेर जिल्ला प्रहरी कार्यालय गौर सहित मातहतका सम्पूर्ण युनिट इन्चार्ज देखि लिएर कार्यरत प्रहरी कर्मचारीलाई वेला वेलामा दिदै आएको निर्देशन अनुरुप राम्रो पुलिसिंग भएको कारण विगतमा भईरहेको विभिन्न खाले गतिविधिहरु माथि अंकुश लगाउन सफल भएका हुन् ।
चाहे फैसला कायान्वयनका लागि फरार प्रतिबादीलाई पक्राउ, कत्र्तव्य ज्यान मुद्दा, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि मुद्दा, सवारी ज्यान, लागुऔषध मुद्दा, विद्युतिय कारोवार साइवर अपराध मुद्दा, चोरी डाकाँ मुद्दा, सवारी नियम उलंघन गर्ने विरुद्ध कारवाहीका मुद्दाहरु विगतको बर्ष भन्दा धेरै सुधारोन्मुख हुँदै गएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सार्वजनिक भएको साउन देखि पुस मसान्त सम्मको प्रगति विवरणमा उल्लेख गरिएका छन् ।
त्यती मात्रै नभई गौर सहित मुद्दा चल्ने चार वटै कार्यालयमा रहेका हिरासत कक्षमा पुस्तकालयको व्यवस्थापन, समुदाय साझेदार प्रहरी कार्यक्रम, अल्पसंख्यक संग प्रहरी कार्यक्रम, नागरिक सुनुवाई कार्यक्रम र ट्राफिक सचेतना कार्यहरु पछिल्ला ६ महिनाको अवधीमा राम्ररी सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीद्वारा हस्ताक्षरित प्रगति विवरणमा उल्लेख गरिएको छ ।
भन्सार छली चोरी निकासी–पैठारी गर्ने कार्यमा संलग्न रौतहट जिल्लाको विभिन्न स्थानहरुबाट बरामद गरिएका सवारी साधन सहित दुई करोड ९५ लाख ३१ हजार ३३१ मूल्य बराबरको मालसामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको डिएसपी गिरीले तराई टप संग कुरा गर्दै भनिन् । नक्कली नोटको कारोवार गर्नेहरुको सुचना पाएको आधारमा विगत दुई महिना सम्म सुक्ष्म अुनसन्धान गरेर ४ वटा मुद्दा दर्ता गरिएकोमा ९ जनालाई नियन्त्रणमा लिई १८ लाख ७० हजार चार सय नक्कली नोट बरामद गरिएको, अनलाईन स्क्यान गरेर रकम ठगि गरेकोमा तिन जना मानिसलाई पक्राउ गरेर २४ लाख ३७ हजार ८६५ रुपैया तिर्न लगाएको । फिरौती माग गर्ने १ जनालाई पक्राउ गरी कारवाही चलाइएको,  ५०८ विभिन्न मुद्दा दर्ता भएको जसमा २९० मुद्दा फर्छयौट भईसकेको २१८ मुद्दा अनुसन्धानको क्रममा रहेको र त्यसमा ३४३ मानिसलाई पक्राउ गरिएको उनले भनिन ।
अदालतबाट फैसला भएका फरार रहेका २६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पेश गरिदा ४४ बर्ष २ महिना १५ दिन असुली गर्दै १२ लाख ५ हजार ७१२ रुपैया राजस्व असुली गराइएको, कत्र्तव्य ज्यानमा ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भईसकेको बाँकी ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ । उक्त मुद्दामा ९ जना मानिसलाई समातेर सम्मानित अदालत समक्ष पेश गरिएको जनाइएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छयौट भईसकेको र १२ वटा मुद्दाको अनुसन्धान जारी रहेको, सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको डिएसपी गिरीद्धारा प्रेषित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
विद्युतिय कारोवार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएको सवैको फर्छयौट भईसकेको जनाइएको छ । चोरीडाका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भईरहेको यस मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको थियो । सबारी नियम उलंघन विरुद्ध १० हजार ७०१ जना विरुद्ध कारवाही हुँदा ८५ लाख १७ हजार पाच सय राजस्व असुल गरिएको जानकारी दिदै डिएसपी गिरीले सवारी दुर्घटना संख्या ३१२ वटा भएको जसमा २६ जनाको मृत्यु र ४५६ यात्रुहरु घाइते भएको तराई टप संग कुरा गर्दै बताइन् ।
सवारी साधन राम्ररी चलाउन र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्नुपर्छ भन्दै ९१९ पटक ट्राफिक सचेतना कार्यक्रम गरिदा त्यसमा ३७०६ जनाको उपस्थिति रहेको थियो ।
यस्तै मुद्दा चलाउने अख्तियारी रहेको जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमा रहेका हिरासत कक्षमा रहेका थुनवाहरुको मानसिक अवस्थामा परिवर्तन ल्याउनका निमित्त पुस्तकालयको स्थापना गरिएको जानकारी दिदै डिएसपी गिरीले नागरिक संग प्रहरीको सम्बन्ध सुमधुर बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम, अल्पसंख्य संघ प्रहरी कार्यक्रम सहित नागरिक सुनुवाई गरिएको बताइन् ।
समग्र रुपमा जिल्ला प्रहरी कार्यालय रौतहट मातहत रहेका प्रहरी युनिटहरुको साथ सहयोगको साथै रौतहटबासीको अपेक्षा माथि नेपाल प्रहरी अहोरात्र खटेर जनताको हितमा एवं शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने कार्यमा खटिएको कारण नै विगतको अवस्थाबाट निकै सुधार भएको हुँदा यस्तै साथ र सहयोगको अपेक्षा रहेमा रौतहटबाट अपराध सहित विभिन्न उच्श्रृंख्ल गतिविधि माथि नियन्त्रण गर्ने नेपाल प्रहरी सधै तत्पर रहेको डिएसपी एलिजा गिरीले प्रष्ट पार्दै आभार व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।