नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशनको लोगो सार्वजनिक, भोली हुने प्रतिनिध परिषद भेलामा महासचिब पोखरेलले सम्बोधन गर्ने

61 Shares

रौतहट,१७ माघ । नेकपा ( एमाले ) रौतहट जिल्लाको दशौ अधिवेशनको लागो बुधबार सार्वजनिक भएको छ ।
नेकपा एमाले रौतहट जिल्ला कमिटि प्रचार बिभागले बुधबार पत्रकार सम्मेलन गरी नेकपा एमाले रौतहट जिल्ला १० औ अधिबेशनको १० लोगो सार्वनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । आउदो माघ २५ र २६ गते नेकपा एमालेको जिल्ला अधिवेशन गरुडामा हुनेछ ।
उक्त जिल्ला अधिवेशनको उदघाटन गर्न नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली आउने भएको केन्द्रिय सदस्य रेग्मीले जानकारी दिए ।
जिल्ला अधिवेशन भन्दा अगाडी नेकपा एमाले रौतहट जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद वैठकको बिहीबार राखिएको रेग्मीले बताए ।
सो बैठकलाइ सम्बोधन गर्न नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेल बिहिबार रौतहट आउने उनले जानकारी दिए ।
गौरमा हुने उक्त बैठकमा जिल्लामा रहेका केन्द्रिय सदस्यहरु,प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,प्रथम प्रदेश अधिवेशन प्रतिनिधिहरु, नवौ र दशौ जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतिनिधिहरु एवम् पार्टीबाट निर्वाचित सवै जनप्रतिनिधिहरु,नगर कमिटी पदाधिकारी तथा सदस्यहरु,जनबर्गिय संगठनका केन्द्रिय सदस्यहरु, जिल्ला समिती पदाधिकारीहरु र पार्टीका वडा कमिटी पदाधिकारीहरु सहभागि हुने केन्द्रिय सदस्य रेग्मीले जानकारी दिए ।
जिल्ला अधिवेशनको लागी रौतहट जिल्लाको १८ वटै पालिकाको १ सय ५७ वटै वाडहरुबाट प्रतिनिधि छनौट कार्य सम्पन्न भएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी गराए पत्रकार सम्मेलनमा रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेलले प्रचार प्रसारको गतिबिधि र लोगो सार्वनिक बारे जानकारी दिए ।
बिहीबार हुने प्रतिनिधि परिषद भेलामा जिल्लाभरीका करिब ५ सय भन्दा बढी सहभागी हुने छ । सो पत्रकार सम्मेलनमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्य, उपाध्यक्ष राजेन्द्र तिवारी, प्रेस चौतारी मधेश प्रदेशका अध्यक्ष फणिदेब महत, केन्द्रिय सदस्य रमेश तिमलसिना, पत्रकार अशोक कुमार पहाडी, प्रेस चौतारी रौतहटका सचिब मुकेश कुमार साह, नेकपा एमाले स्कुल बिभागका सचिब टेकनाथ खरेल, युवा संघका नेता रमेश गोले, प्रचार बिभाग रौतहटका सदस्यहरु, नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।