मधेशको नाममा राजनीति गर्नेहरु काम नगरी भाषणमा मात्रै सिमितः एमाले महासचिव पोखरेलको गम्भीर आरोप

58 Shares

माधवकुमार नेपाल र प्रभु साह अन्तरघाती गद्दार रहेको एमाले महासचिव शंकर पोखरेललको ठहर

रौतहट, १८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशका नाममा राजनीति गर्नेहरु काम नगरी भाषणमा मात्रै सिमित रहेको गम्भीर आरोप लगाउदै मधेश र मधेशी जनताहरुको हक हितमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेका बताए ।
जसपा, लोसपा, जनमत पार्टीहरुले मधेश जनताहरुको मसिहा हौं भनेर दाबी गर्दछन् तर नेपालका राष्ट्रिय पार्टी मधेशी जनताको पार्टी होइनन रे भन्दा आश्चर्य लागेको स्मरण मधेशमा मधेशी दलकै नेतृत्वमा सरकार गठन भएपनि बेटी बचाउ बेटी पढाउ मा ठूलो भ्रष्टाचार गरेको प्रमाण छलंग हुँदा अब साच्चे मधेशको मसिहा कुन पार्टी हो प्रष्ट पारे । मधेशी जनताको नाममा अनुदानमा दिएको रकम विनियोजन गर्दा “सरकार चलाएछ, झण्डा हल्लाएछ, भ्रष्टाचार गर्नमा मात्रै सिमित” रहेको पाइएका छन् ।
नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई विहिवार गौरमा सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले तराई मधेशलाई अन्नको भण्डार भनिएको छ तर अहिले मधेशको अवस्था बर्षा भयो डुवान, बाढीबाट अक्रान्त रहेको विडम्बना रहेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मधेशका किसानहरुलाई सिंचाईका लागि सुनकोशीको पानी सुरुंग मार्गबाट मरिन डाइभर्सन मार्फत बागमतीमा ल्याएर १२ महिना सम्म पानीको अभाव हुन नदिने योजनामा थिए, विकास विरोधी अहिलेको सत्ता गठबन्धनका सरकारलाई जनताको हितमा नभई आफनै सत्ता टिकाउनमा मात्रै सिमित रहेको उनले आरोप लगाए ।
भारतीय सरकारले पूर्व मेची देखि महाकाली सम्म हुलाकी सडक बनाउने भन्दै दशौं बर्ष सम्म अलपत्र पार्दा केपी ओलीको सरकारद्धारा ठूलै बजेट विनियोजन गराए हुलाकी सडकलाई बनाउन लागेको स्पष्ट पार्दै भारतको विकास कार्य गतिलो नभएकोमा दुख व्यक्त गरे । विकास कार्यको काम अगोट्ने तर अलपत्र पार्ने कार्य मात्रै मित्र राष्ट्र भारतको रहेको जिकिर गरे ।
जसले हुलाकी सडक बनायो, मधेशका सदरमुकामहरुको लोकतन्त्र संग गति दियौं, सुनकोशी मरिन डइभर्सनलाई गति दियो, सुनकोशी कमला डइभर्सन परियोजनाको अध्ययनलाई अगाडी बढायो, भविष्यमा एमाले सरकारमा आयो भने हामी त्यो परियोजनालाइ अघि बढाउने सामथ्र्य राख्ने छौं । त्यती मात्रै नभई पूर्व पश्चिम राजमार्ग देखि सदरमुकाम सम्म चार लेनको सडकलाई विस्तार गर्ने योजना बनाएका छौं उनले भने । दुर्भाग्य छ, एमालेको सरकार भएको भए सबै विकास हुन्थ्यो तर अहिलेको सत्ता गठबन्धनको सरकार सबै कार्यको प्रमुख जिम्मेवार भएको बताए ।
माधवकुमार नेपाल र प्रभु साह गद्दार हो, यीनीहरु पार्टी संग अन्तरघात गरेका छन् यीनीहरु संग पार्टी संग एकता हुन सक्दिन भन्दै महासचिव पोखरेलले १५ बर्ष सम्म पार्टीका नेतृत्व गरेका माधव नेपालले दुई तिहाईको सरकारलाई ढाली काँग्रेसको पुल्टामा समर्पित भएको व्यक्ति के कम्युनिष्ट हुन सक्दछ त्यो आफै विचार गर्नुस उनले भने ।
प्रभु साहले मधेशका साथीहरुको टिकट ल्याएर अन्य पार्टी संग साँठगाँठ गरेर एमाले संग अन्तरघात गरेका कारण आज एमाले आफनो स्थानमा त छदैछ साहको भोलीको अवस्था के होला ? कस्तो राजनीति गर्ला ? जनताहरु त्यता अन्तरघातीलाई चिनिसकेको अव उसको दिन गयो, फर्केर आउद्दिन समेत महासचिव पोखरेलले स्पष्ट पारे ।
जनताको निराशालाई चिर्दै जनतालाई आशा जगाउन पश्चिम झुलाघाट देखि सुरु गरेर झापा सम्म कार्यक्रम सम्पन्न गरे । मिसन ८४ को लागि तराई मधेशका जिल्लाका जनताहरुको भावनालाई संग्रह गर्दै चाँडै हुलाकी राजमार्ग भएर एमालेको अभियान संचालन हुनेछ जुन मधेशलाई आत्मसाथ गर्दै नेपालमा एमालमय हुने दाबी गरे ।
प्रथम जिल्ला परिषदको बैठक सफल बनोस भन्दै शुभकामना दिए ।
जिल्ला संयोजक सच्चिदानन्द साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिट ब्यूरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, एमाले प्रदेश अध्यक्ष लगायत केन्द्रीय, प्रादेशिक, जिल्ला स्तरिय नेताहरुको साथै उत्साहपूर्वक कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।