ठूलो परिमाणमा नक्कली नोट सहित रौतहट र सर्लाहीका दुई जना पक्राउ

71 Shares
सर्लाही, १८ माघ । ठूलो परिमाणमा नक्कली नोट र सोको कागजात सहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
विशेष सुचनाका आधारमा हरिवन नगरपालिका वडा नम्वर ११ पूर्व पश्चिम राजमार्गको कडरियामा बाट विहिवार अपरान्ह् पश्चिम कर्मैयाबाट पूर्व लालबन्दी तर्फ जाँदै गरेका प्रदेश–२–०२७ प ४२५६ र बीआर ३० एसी ८३१८ नम्वरको दुबै मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग गरिने कागजको ब्याण्डल सहित दुई जनालाई सर्लाही प्रहरी पक्राउ गरेका हुन् ।
सर्लाही बलरा नगरपालिका वडा नम्वर ७ का २३ बर्षिय अमरेन्द्र महरा र रौतहट माधवनारायण नगरपालिका वडा नम्वर २ का ३६ बर्षिय संजय सहनीलाई पक्राउ गरिएको सर्लाही प्रहरी श्रोतबाट थाहा भएको छ ।
महरा चढेको भारतीय नम्वरको मोटरसाइकल सहनी चढेको नेपाली नम्वरको मोटरसाइकलबाट एक लाख ७२ हजार नक्कली नोट र २९ बण्डल कागजत जुन एक हजार दरका नोट छाप्नमा प्रयोग गरिने कटिङ कागजात बरामद गरिएका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोलीले रौतहट र सर्लाहीका गरी दुई जनालाई नक्कली नोट सहित पक्राउ गरिएपछि सो नोट र ब्याण्डललाई मिलाउन झण्डै चार घण्टा लागेको श्रोतबाट बुझिएको छ ।
प्रहरीको खानतलासीमा सहनीले बोकेको झोलाबाट नक्कली नोट सहितका सामग्री बरामद भयो भने महराको साथमा रहेका झोलाबाट ८.८१० ग्राम लागूऔषध गाँजा समेत बरामद भएको बताइएको छ । प्रहरीले रोक्न खोज्दा उनीहरु भाग्म खोजेका थिए तर प्रहरीको बाक्लो उपस्थितिको कारण उम्कीन नसकेर पक्राउ परे ।
प्रहरी हिरासतमा राखेर दुबै जनालाई आवश्यक अनुसन्धान भईरहेको छ । तर सर्लाही प्रहरीले नक्कली नोट सहित दुई मानिस पक्राउ परेको बताएपनि पक्राउ परेका मानिसको नाम सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।