गम्भीर घाईते कार्यालय सहयोगी घिमिरेको मृत्यु, १० जनाको उपचार जारी

61 Shares
राधेश्याम कुशवाहा
सर्लाही, २३ माघ । मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत पर्ने चमेली माई मन्दीर नजिक सवारी दुर्घटनामा परेर गम्भीर घाईते भएकाहरु मध्ये नापी कार्यालयमा कार्यरत कार्यालय सहयोगीको मृत्यु भएको छ ।
सर्लाहीको वागमती नगरपालिका वडा नम्वर ११ कर्मैयाका ४५ बर्षिय विनोद घिमिरेको एलेक्स न्यूरो अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । घिमिरे नापी कार्यालय मलंगवामा कार्यालय सहयोगीको रुपमा कार्यरत रहदै आएका थिए ।
मलंगवाबाट नवलपुर तर्फ गइरहेका विआर ०६पीडी ९६४८ नम्वरको सफारी गाडीले सोही दिशा तर्फ जाँदै गरेका ज२त १०६७ नम्वरको उखु लोड भएका ट्रेक्टरको पछाडीबाट ठोक्किदा उक्त गम्भीर सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
मलंगवा नगरपालिका वडा नम्वर ११ गम्हरिया नजिक चमेली माईको मन्दीरको एरियामा सोमवार राति ८ बजेको समयमा उखु लोड भएको ट्रेक्टरमा ठोक्किदा नापी कार्यालय मलंगवाको प्रमुख सहित ११ जना घाईते भएको थियो ।
११ जना घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहदा राति नै कलैया, विरगंज सहितका विभिन्न अस्पतालमा उपचारको लागि पठाएका मध्ये घिमिरेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
दुर्घटनामा परेर घाईत भएका १० जना मध्ये ५ जनाको कलैया, ४ जनाको विरगंज र १ जनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको डिएसपी थारुले बताउदै दुर्घटनामा ट्रेकटर चालक र जिप चालक दुबै फरार रहेको हुँदा चाँडै नियन्त्रणमा लिने र सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।