भोपाल (मध्यप्रदेश भारत), २३ माघ । मध्य प्रदेशको हर्दा सहरमा मंगलबार एउटा पटाका कारखानामा आगलागि हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका भारतीय अधिकारीहरूले जनाएका छन् ।
हर्दा जिल्लाका कलेक्टर (डिएम) ऋषि गर्गले पटाका कारखाना र वरपर धेरै मानिसहरू फसेको थयो ।
घटना मध्य प्रदेशको राजधानी भोपालबाट करिब १५० किलोमिटर टाढा हर्दा सहरको बाहिरी भागमा मगरधा रोडमा स्थित बैरागढ इलाकामा भएको छ । घटनाका केही भिडियोहरू सामाजिक सञ्जालमा देखा परेका छन् । घटनास्थलमा बेलाबेलामा विष्फोट भइरहेको र मानिसहरु आफूलाई बचाउन दौडिरहेको देखाइएको छ ।
अधिकारीहरुका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ । ‘पटाखा कारखानाको युनिटमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएको’ कलेक्टर गर्गले जानकारी दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो ।
घटनापछि मुख्यमन्त्री मोहन यादवले बैठक बसेर उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सेनासँग सम्पर्क गरिरहेको बताइएको छ । उनले भने, ‘मैले सम्बन्धित अधिकारीसँग कुरा गरेको छु र घटनाको विवरण मागेको छु । घटनाबारे केन्द्र सरकारलाई जानकारी गराइएको उनले बताए ।
मुख्यमन्त्री यादवले मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने छ । सीएमले वरिष्ठ मन्त्री उदय प्रताप सिंह, अतिरिक्त मुख्य सचिव अजित केसरी र गृह गार्डका महानिर्देशक अरविन्द कुमारलाई हेलिकप्टरबाट हरदा जान पनि निर्देशन दिएको बताइएका छन् ।
इन्दौर, भोपाल र राज्यको राजधानीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को अस्पतालहरूमा बर्न युनिटहरूलाई कुनै पनि आपतकालिनको लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको थियो, एक अधिकारीले भने ।
घटनाका सम्बन्धमा मुख्यमन्त्री यादवले अधिकारीहरूसँग बैठक गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । “बैठकमा मुख्यमन्त्रीले हारदा दुर्घटनामा घाइते भएकाहरुको तत्काल उपचार गराउनु हाम्रो पहिलो प्राथमिकता रहेको निर्देशन दिए, वरपरका क्षेत्रबाट एम्बुलेन्सहरु हारदामा पुर्याउने गरी हेलिकप्टरको व्यवस्था गर्न सेनालाई सम्पर्क गरिएको छ ।“ एक्स मा एक पोस्ट मा भने ।
सीएमओले यो पनि भने कि नर्मदापुरम लगायत नजिकका ठाउँहरूबाट १४ डाक्टरहरूलाई तुरुन्तै हर्दामा पठाइएको छ । हर्दामा २० वटा एम्बुलेन्स र ५० वटा थप आइपुगेको बताइएको छ । भोपाल, इन्दौर, बेतुल, होशंगाबाद, भैरुन्डा, रेहती र अन्य शहरी निकाय र संस्थाहरूबाट हर्दामा फायर टेन्डरहरू पठाइँदैछ, सीएमओले भने ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन