राधेश्याम कुशवाहा
सर्लाही, २८ माघ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा कुशवाहा धर्मशालाको आईतवार विधिवत रुपमा उदघाटन गरिएको छ ।
मलंगवा नगरपालिका वडा नम्वर ४ स्थित पल्सी जाने सडकखण्डमा पाण्डे पोखरी नजिक १५ लाखको लागतमा निर्माण गरिएको कुशवाहा धर्मशालाको उदघाटन गरिएको हो ।
एक कार्यक्रमका बिच नेपाल कुशवाहा कल्याण समाजको राष्ट्रिय अध्यक्ष तपेश्वर महतोले रिवन काटेर भवनको विधिवत रुपमा उदघाटन गरे । कुशवाहा समाजका विभिन्न मनकारी व्यक्तिहरुको सहयोगमा चन्दा संकलन गरि उक्त धर्मशाला निर्माण गरिएको विधार्थी समाजका जिल्ला संयोजक भरत महतोले जानकारी दिए ।
कार्यक्रममा उपस्थित कुशवाहा समाजका सबै व्यक्तिहरुले एक अर्कालाई फुलको माला अबिर लगाएर स्वागत तथा सम्मान गर्नुको साथै एकअर्का संग माया सटासाट गरेका थिए । कार्यक्रममा सहभागीले मधेस आन्दोलनका पहिलो सहिद रमेश महतो को फोटोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै नेपाल कुशवाहा कल्याण समाजका राष्ट्रिय अध्यक्ष तपेश्वर महतोले मलंगवामा निर्माण गरिएको कुशवाहा धर्मशाला एउटा भवन मात्र नभई मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी बसोबास हुने कुशवाहा समाजको पहिचान र आस्थाको प्रतीकको रुपमा रहेको बताए ।
पौराणिक कालदेखि हालसम्मका विभिन्न कालखण्डका विभिन्न राजनीतिक आमुल परिवर्तनमा कुशवाहा समुदायका वीर सहिदले आफनो प्राणको आहुती र बलिदान दिएको अध्यक्ष महतोले भने । तर वर्तमान राजनीतिक नेतुत्वले कुशवाहाको त्याग र बलिदानमा आफनो व्यक्तिगत स्वार्थ पूरा गर्दै हाम्रो समुदायलाई राजनीतिक नेतुत्वबाट बन्चित र विभेद गर्दै आएको आरोप लगाए ।
कार्यक्रमका साँसद फकिरा महतो र जवाहर कुशवाहाले मलंगवा र बरहथवामा थप कुशवाहा धर्मशाला निर्माणका लागि संयुक्त रुपमा ५०–५० लाखको वजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका उपाध्यक्ष शुभद्रा देवीले राखेका थिईन भने कार्यक्रमलाई विधार्थी समाजका जिल्ला संयोजक भरत महतोले संचालन गरेका थिए । आजकै दिन कुशवाहा समाजका जिल्ला स्तरिय युवा, विधार्थी, व्यापारी र महिला समाज समेत गठन गरिएको आयोजकले जनाए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट