काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपालका लागि चिनियाँ राजदूत छन सोङ्र संग पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान गर्नुपर्ने आग्रह गरेका छन् ।
सीएनआईले चिनियाँ राजदूत संगको भेट एवं छलफलमा सोङ संगको छलफलमा उक्त कुरा सीएनआईका अध्यक्ष राजेश अग्रवालले अडान राखेका हुन् ।
सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले राजदूत सोङलाई मंगलबार सीएनआईमा बोलाएर छलफल गरी पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्नका लागि पहल गरिदिन आग्रह गरे ।
उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूह ल्याउनका लागि भूमिका निर्वाह गर्न पनि आग्रह गरेको सीएनआईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष अग्रवालले चीनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने पनि बताए। पोखरा विमानस्थल संचालनमा आएको एक वर्ष नाघिसक्दा पनि एउटै नियमित उडान भएको छैन । यो विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको छ । यस्तै भैरहवामा पनि सातामा एउटा भन्दा उडान हुन सकेको छैन ।
राजदूत सोङ चीन सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेको तर तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने जवाफ दिए । उनले उच्च सम्भावना भएका निश्चित क्षेत्र पहिचान गरेर सो क्षेत्रमा उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी लगायत सहभागी रहेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन