इशनाथको घिउरा टोलमा अनिश्चितकालिन कर्फ्यु आइतवार पनि जारी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गराएर अवस्थामा नियन्त्रणमा लिइएकोः डिएसपी एलिजा गिरी
रौतहट, ६ फागुन । रौतहटको इशनाथ नगरपालिकाको घिउरा टोलमा लागेको कर्फ्यु आईतवार पनि जारी नै रहेका छन् ।
इशनाथ नगरपालिका वडा नम्वर ७ घिउरा टोलमा सरस्वतीको मुर्ती सेलाउन निकालिएको यात्राको क्रममा दुई समुदाय बीच उत्पन्न भएको झड्प एवं तनावपूर्ण अवस्थालाई मत्थर पार्न जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार साँझ देखि लगाएको अनिश्चिकालिन कर्फ्यु आज पनि जारी रहेका हुन् ।
ईशनाथ नगरपालिका वडा नम्वर ७ घिउरा टोलमा सरस्वती माताको मुर्ती सेलाउन खोला तर्फ लैजाने क्रममा घर र मस्जिद माथिबाट ढुंगाइटा बर्षाउन थालेपछि हिजो साँझ दुई पक्षबीच झडप अवस्था सृजना भएका थिए । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि अराजक अवस्था सृजना हुने मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सो क्षेत्रमा अनिश्चितकालिन कर्फयु लगाएको छ ।
“उत्पन्न परिस्थितिलाई साम्य बनाउन र दुई पक्षबिच छलफलको बाबजुद पनि स्थिति सामान्य नभएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जाने स्थिति देखेर सो क्षेत्र भित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ रÞयाली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति शनिवार बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कर्फयु आदेश जारी गरिएको” प्रमुख रेग्मीद्वारा जारी गरिएको थियो ।
स्थानीय प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर सम्मको क्षेत्रमा अनिश्चितकाल सम्मको लागि कर्फयु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले नेपाल प्रहरीको पाँच सय र सशस्त्र प्रहरीको दुई सय गरी सात सय सुरक्षाकर्मी परिचालन गरिएर स्थितिलाई नियन्त्रणमा लिइएको बताए । दुबै समुदायका अगुवाहरुलाई राखेर सहमती कायम गराएर शान्ति सदभाव एवं उच्श्रृंखल गतिविधि गर्न नदिने वातावरण सृजना गराउने पहल भईरहेको जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन