80
Shares
रौतहट, ६ फागुन । सरस्वतीको मुर्ती सेलाउने विषयलाई लिएर रौतहटको इशनाथ नगरपालिकाको अवस्था तनावपूर्ण बन्दै जाँदा स्थानीय प्रशासनले लगाएको कर्फयुको क्षेत्र विस्तार गरेका छन् ।
इशनाथ नगरपालिकाको वडा नम्वर ६ र ७ मा रहेकोमा आईतवार साझ ५ बजे देखि अर्को सुचना जारी नहुनजेल सम्म वडा नम्वर २, ३, ४ र ५ मा कर्फयुको क्षेत्रलाई बढाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका हुन् ।
शान्ति सदभाव कायम नहुनजेल सम्मका लागि कर्फयु लागेको क्षेत्रमा आवतजावत, हिडडुल, सभा, घर बाहिर निस्कने सबै प्रकारको कार्य माथि पूर्ण रुपमा निषेध गरिएको उक्त आदेशको अवहेलना गर्नेलाई स्थानीय प्रशासन ऐन अनुसार कारवाही गरिने चेतावनी दिदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको ७ सयको संख्यामा परिचालन गरिएर अवस्थालाई नियन्त्रणमा लिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन