सर्लाही, ६ फागुन । महिनौं देखि तलव नपाएकोमा आक्रोशित बनेका शिक्षकहरु आईतवार देखि सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेका सामुदायिक विद्यलयको पठनपाठन ठप्प पार्दै संघर्षमा बसेका छन् ।
गत साउन महिना देखि तलव पाउन नसकेको शिक्षकहरु आज देखि दोश्रो पटक उक्त नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरेर हरिपूर्वा नगर कार्यपालिकाको कार्यालयमा धर्नामा बसेर प्रर्दशनमा ओर्लिएका हुन् ।
हरिपूर्वा नगरपालिकाको विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु यसअघि पनि तलब माग गर्दै १३ दिन सम्म धर्नामा बसेपछि मेयरको आश्वासन पाएर विद्यालय खोलेर पठनपाठन संचालन गराएका थिए । तर महिनौं बितिसक्दा पनि तलब पाउने आश देखिएपछि नगरभित्रका १६ वटै सामुदायिक विद्यालयका शिक्षक विद्यालय बन्द गरेर नगरपालिकामा धर्ना बसेको बताइएको छ । उक्त कार्यालयमा कार्यरत अन्य कर्मचारीहरु पनि तलवको माग गर्दै धर्नामा बसिरहदा शिक्षकहरु पनि ति कर्मचारी संग धर्नामा बसेर तलवको माग गरिरहेका छन् ।
विद्यालय बन्द हुँदा करिव ५ हजार विद्यार्थी पढाईबाट बन्चित भएका छन् । तलब, भत्ता नपाएपछि हरिपूर्वाका कर्मचारीहरु नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी बन्द गरेर गत आठ दिन देखि धर्नामा छन् ।
राजनीतिक स्वार्थका कारण नगर सभा हुन नसकेपछि आर्थिक बर्ष २०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट पारित हुन नसक्दा हरिपूर्वाका स्थानीयहरु सँगै विद्यार्थी मारमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन् भने पठाएकालाई पनि टिक्न नदिइएको कारण नियमित बार्षिक नीति कार्यक्रम तथा बजेट पारित हुन सकेको छैनन् ।
उक्त क्षेत्रका सांसद महिन्द्रराय यादव र मेयर विनोदकुमार साह तेली बीचको राजनीतिक खिचातानीको कारण हरिपूर्वा नगरपालिका लथालिंग अवस्थामा पुगेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन