चंचल झा
रौतहट, ९ फागुन । पालिकाबासीलाई स्वस्थ्य राख्ने उद्देश्यबाट बुधवार देखि दुर्गा भगवती गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको विशेष पहलमा आज देखि दुई दिन सम्म मुटु तथा नशा रोगबाट ग्रसित रहेका विरामीहरुको लागि निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
मधेश प्रदेशमैं सफल मुटु सम्बन्धी इंटरवेशन सर्जरी गर्दै आईरहेका नेशनल मेडिकल कलेजका बरिष्ट मुटु रोग बिशेषज्ञ डा. जीतेंद्र कुमार मिश्रा, डा. अफरोज अन्सारी, तथा बरिष्ठ स्पाईन नशा रोग बिशेषज्ञ डा सरफरोज अंसारीको टिमद्वारा दुर्गाभगवती गाउँपलिका स्थित सरस्वती माध्यमिक विद्यालयको प्रंगणमा बुधवार र विहिवार सम्म दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन भईरहेका छन् ।
निशुल्क स्वास्थ्य शिविर सुरु भएपछि विरामीहरुको विहानै देखि शिविर स्थलमा घुइचो लागेको छ । निःशुल्क स्वास्थ्य परिक्षणका साथसाथै मुटु तथा छातीमा समस्या भएका विरामीहरुलाई इसिजी, भिडियो एक्सरे इको, सुगर जाँच, ब्लड प्रेसर लगायतको जाँच गरिने तथा आवश्यक्ता अनुसारको औषधीहरु पनि निशुल्क उपलब्ध गराउने व्यवस्थापन गरिएको पालिका अध्यक्ष शम्भु सिंहले बताए । त्यस शिविरमा पालिकाबासी विरामीहरु उपचार गराएर लाभ लिन सक्ने अध्यक्ष सिंहले स्पष्ट पारे ।
मुटुका विरामीहरुलाई उपचारको लागि विरगंज र काठमाण्डौ जस्तो ठाँउमा जानु पर्ने बाध्यता रहेकोमा आफनै गाउँमा मुटु तथा नशा सम्बन्धि विशेषज्ञ चिकित्सकहरुलाई बोलाएर निशुल्क सेवा दिइएकोमा पालिकाबासीहरु हर्षित भएका छन् ।
स्वास्थ्य शिविरको उद्धघाटन कार्यक्रममा दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यइक्ष शिला देवी, नि.प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थय संयोजक दिनेश महतो, जिंसी शाखा प्रमुख राजेश दास, रौतहटका वरिष्ठ पत्रकार प्रभातकुमार झा, स्थानिय राजनितिक दलको प्रतिनिधी, सुरक्षाकर्मी, भद्रभलालमीहरुको उपस्थित रहेको सुरज मिश्राले जानकारी दिए ।
निशुल्क स्वास्थ्य शिविरको तस्वीर फिचरः






बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन