रौतहट, ९ फागुन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ७ घिउरामा सरस्वतीको मुर्ती सेलाउने विषयलाई लिएर भएको झड्प पछि अनिश्चितकालिन लगाइएको कर्फयु बुधवार साँझ ५ बजे देखि हटाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको पत्रमा इशनाथको अवस्था सामान्य बन्दै गएको हुँदा कर्फयु लगाउनुपर्ने अवश्यक्ता नरहेको हुँदा आज साँझ ५ बजे देखि पूर्ण रुपमा कर्फयु हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित “कर्फयु आदेश हटाइएको” सूचनामा भनिएको छ, इशनाथ नपा ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुबै समुदाय बीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न गत ५ गते बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि इशनाथ नपाको वडा नम्वर २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन। २०२८ को दफा ६ को क (१) बमोजिम कर्फयु आदेश जारी गरिएकोमा हाल अवस्था सामान्य भइसकेकोमा उक्त क्षेत्र सिमा विस्तार सहितको गत ६ मा जारी कर्फयु आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को ५ बमोजिम आज साँझ ५ बजे देखि लागु हुनेगरी पूर्ण रुप्मा हटाइएका छन् ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले गाउँ समाजमा धार्मिक, जातिय, एक अर्कोको धर्म प्रति बर्खिलाप नगर्ने सहमती भएको दुई दिनपछि अवस्था पूर्ण रुपमा सामान्य भईसकेको महसुस गर्दै आज साँझ देखि कर्फयु हटाइएको उनले स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन