53
Shares
प्रतिकारात्मक तस्वीर
बारा, १० फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने वाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ स्थित दुधौरा पुल नजिक बाघको आक्रमणबाट रौतहटको दुई जना युवक घाइते भएका छन ।
रौतहट बौधीमाई नगरपालिका ३ पटेर्वा गाउँका ३० वर्षीय कृष्ण साह बनिया र ३५ वर्षीय राजु साहा बनिया बाघले आक्रमण गर्दा हिजो घाइते भएको हुन् ।
पूर्वपश्चिम अन्तर्गत बाराको पथलैया निजगढ सडकखण्ड भएर मोटरसाइकलमा सवार उनीहरुलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्णले बताए ।
बाघको आक्रमण बाट सडकमा लडेका उनिहरुलाइ बसका यात्रुले होहल्ला गर्दै उद्धार गरेको कारण बाघ जंगल तर्फ भागेको प्रत्यक्षदर्शी बताए ।
बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ भने कृष्ण सडकमा लडेको ले दुवै हातमा चोट लागेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन