34
Shares
रौतहट, १० फागुन । गौर भन्सार छेउमै रहेका पुजा होटलमा बुधवार राति चोरी भएका छन् ।
गौर भन्सार कार्यालय अगाडी रहेको बैरियर भन्दा ३० मिटर उत्तरमा रहेको पुजा होटलमा गएराति चोरी भएका हुन् । होटलको पछाडीबाट छाना उठाएर भित्र प्रवेश गरेर महगो मदिराको बोटलहरु चोरी गरेर लगेको होटलका संचालक सुनिल गुप्ताले बताए ।
होटलबाट करिव २० हजार बराबरको महगो मदिरा र रेडबुल चोरेर लगेको बताउदै होटल संचालक गुप्ताले चोरी भएको घटना सम्बन्धमा जानकारी भन्सार सुरक्षा प्रहरी चौकीलाई खवर गरेको बताए । भन्सार सुरक्षा प्रहरी चौकीका इन्चार्जले यसलाई बढि हल्ला नगर्नुस पुनः चोरी गर्न आउदा समात्ने भनेपछि आफूलाई चकित लागेको उनले भने ।
८ बजे सम्म सबै पसलहरु बन्द गराउने गरेको भएपनि चोरीका घटना भईरहदा आफूहरुलाई ब्यापार गर्न निकै चुनौतीपूर्ण रहेको गुनासो गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन