राधेश्याम कुशवाहा
बागमती (सर्लाही), ११ फागुन । सर्लाहीको वागमती नगरपालिकामा शनिवार हुने साँस्कृतिक तथा शैक्षिक सम्मेलनको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही आउने भएका छन् ।
बागमती नगरपालिकामा भोलि आईतवार हुने सांस्कृतिक तथा शैक्षिक सम्मेलनको प्रमुख अतिथिको रुपमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चड सर्लाही आउने भएका छन् ।
बागमती नगरपालिकाको आयोजनामा वडा नम्वर ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजना हुन लागेको महोत्सवको प्रधानमन्त्री प्रचण्डद्वारा उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवका लागि पूर्व अभ्यासको काम विहिवार नै सकिएको बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्ययाय बताए । उनका अनुसार कार्यक्रमका लागि स्टेजको काम चल्दै छन । भोलि बिहान साढे ११ बजेसम्म सम्पूर्ण तयारी पुरा हुन्छ । शिक्षा शाखा प्रमुखले भने, भोलि २ बजे प्रधानमन्त्रीको हातबाट कार्यक्रमको विधिवत उदघाटन हुने कार्यक्रम रहेका छन ।
नगरका हरेक बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथै समाजका मौलिकता, संस्कार तथा संस्कृतिका ज्ञान दिलाउन र तिनका संरक्षण, सम्बर्दनमा थप टेवा पुर्याउने उदेश्यले शैक्षिक तथा सांस्कृतिक महोत्सवको परिकल्पना गरेको बागमती नगरपालिकाका मेयर भरत थापाले बताए । बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथ साथै संस्कार र संस्कृतिको समेत ज्ञान हुनुपर्छ मात्र असल नागरिक निर्माण हुन्छ मेयर थापाले भने । सामुदायिक विद्यालय राजनितिक गर्ने अखडा बन्दै गएको थियो । सबै तिरबाटै निकालिएका, गरिब दुखी तथा विपन्नका छोराछोरीहरु मात्र पढने ठाउँ हो भने दृष्टिकोण जनमानसमा रहेको उहाँले भने । समुदायिक विद्यालय अवस्था राम्रो छैनन् । त्यहाँ सजाय भोग्न मात्र जाने हो भनी पुरानो दृष्टिकोणलाई बागमती नगरपालिकाले उल्टयाएको उनको दाबी छ ।
सामुदायिक विद्यालय र समुदाय बिच रहेका दुरी कम गर्न र संस्कार संस्कृतिको संरक्षण गर्दै सामुदायिक विद्यालयप्रति अभिभावकहरुको थप आकर्षण तथा रुचि बढाउन सम्मेलन कोसेढुंगा सावित हुने उहाँको विश्वास छ । महोत्सवमा मार्फत बिद्यार्थीहरुले सातै प्रदेशको मौलिक पहिचान झल्कने भेषभुषा तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेका छन ।
हरेक विद्यालय, टोल र वडाबाट आफनो आफनो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसंगै विभिन्न विद्यालयका १० औं हजार अभिभावक हामी सुधार गर्छाै, हाम्रो विद्यालय जस्तो नारा सहितको उपस्थित रहने कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको आकर्षण प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
२५ लाख लागत अनुमान गरिएको एक दिने महोत्सवको २५ हजार स्थानीय अभिभावक लगायतले अबलोकन गर्ने अनुमान गरिएको छ । सामुदायिक विद्यालयका ३ हजार भन्दा बढी विद्यार्थीहरुको एकैसाथ नृत्य प्रस्तुत देशकै ईतिहासमा पहिलो हुने समेत दाबी गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन