67
Shares
सर्लाही, ११ फागनु । सर्लाहीको नयाँ रोड स्थित नयाँ चोकबाट ११६ किलो गाँजा सहित पूर्वी नवलपरासीका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा बागमती नगरपालिका ३ नयाँ बस्ती चोक नयाँ रोड बरहथवा सडक खण्डमा पर्ने उक्त स्थानमा प्रहरीले प्रदेश ०१–०२६–च–५१५९ नम्वरको कारलाई रोके चेकजाँच गर्दा १० पोका लागुऔषध ११६ किलो गाँजा सहित पूर्व नवलपरासी जिल्लाको गैडाकोट ११ का ३० बर्षिय सुर्य परियारलाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिइएका कार लागुऔषध गाँजा सहित परियारलाई लागुऔषध ओसारपसार ऐन तर्फ म्याद थप गरेर आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन