सर्लाही, १३ फागुन । सर्लाहीको गोडैता नगरपालिकाको भित्री सडक बकैनिया तर्फ जाँदै गरेको मोटरसाइकलले दुई जना पैदल यात्रुलाई शनिवार राति ठक्कर दिदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य चालक सहित दुई जना घाइते भएका छन् ।
गोडैता नगरपालिका वडा नम्वर ८ स्थित बकैनिया तर्फ जाँदै गरेका मधेश प्रदेश ०२– ००७ प १२३० नम्वरको मोटरसाइकले सोही दिशामा जाँदै गरेका दुई जना पैदल यात्रीलाई पछाडीबाट ठक्कर दिदा चक्रघट्टा गाउँपालिका वडा नम्वर ९ का ५० बर्षिय नागेन्द्र रायको टाउको, मुख र खुट्टामा चोट लागेर गम्भीर घाईते भएको र अर्का ४५ बर्षिय पंचलाल यादवको शरिरको विभिन्न भागमा चोट लागेपछि तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लिएका थिए ।
प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा गएराति ८.३० बजेको समयमा नागेन्द्रलाई मृत घोषणा गरेको अर्का घाइते पंचलालको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
मोटरसाइकल चालक गोडैता नगरपालिका वडा नम्वर ६ का चेथरु रायको छोरा २३ बर्षिय श्याम राय पनि दुर्घटनामा परेर गम्भीर घाइते भएको छ । उनको टाउको, निधार, बाँया हातमा चोट लागेको हुँदा प्रादेशिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको बताए ।
मृतक नागेन्द्रको शव पोष्टमार्टम प्रादेशिक अस्पतालमा गरेर परिवारजनलाई जिम्मा लगाउने कार्य भईरहेको डिएसपी थारुले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन