काठमाडौं, १३ फागुन । सरकारले मिटरब्याज पीडित संग संग वार्ता गर्न सकारात्मक बन्दै गृह मन्त्रालयले सह सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
२३ दिन पैदल हिडेर न्याय मार्च निकाल्दै मिटरब्याज पीडितहरु संघिय राजधानी काठमाडौं पुगेर प्रदर्शन गर्न सुरु गरेपछि सरकार ब्याकफुटमा आउदै वाताको लागि सकारात्मक बन्दै गृह मन्त्रालयको सह सचिव रुद्रप्रसाद पंडितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएका थिए । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने अडान लिएपछि गृह मन्त्रालयले मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको छ ।
पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन