इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले विद्रोहमा उत्रिएको छ । पार्टीले पञ्जाब विधानसभामा मुख्यमन्त्री चुनावका लागि समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यही समानान्तर अधिवेशनबाट मुख्यमन्त्री, सभामुख र उपमुख्यमन्त्रीको निर्वाचन गरिनेछ । पाकिस्तान मुस्लिम लिग नवाजले आफ्नो नेता मरियम नवाजलाई पञ्जाब विधानसभामा मुख्यमन्त्री चयन गरेको थियो । मरियम नवाज ‘चोरेको जनादेश’बाट मुख्यमन्त्री बनेको दाबी पीटीआईको छ । सोमबार मरियम पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तीय मुख्यमन्त्री बनेकी हुन् । पञ्जाब विधानसभामा ३२७ सिट छन् र सीएम बन्न उनलाई आधा अर्थान् १८७ मत चाहिएको थियो । चुनावमा मरियमले २२० मत प्राप्त गरिन् । मरियमले पीटीआई समर्थित सुन्नी इत्तेहाद काउन्सिलका सदस्य राना आफताबलाई पराजित गरेकी थिइन् । सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले सभाको प्रक्रिया बहिष्कार गर्दा राणा अफताबले एउटै मत पाएनन् । अब चाँहि पीटीआईले पञ्जाब विधानसभाको समानान्तर अधिवेशन बोलाउने योजना बनाएको छ । यो अधिवेशनमा विधानसभाका २५० सदस्य सहभागी हुने दाबी पीटीआईको छ । पञ्जाब विधानसभामा मरियम नवाजसमेत आधा भन्दा बढी सदस्य जनादेश चोरेर पुगेको दाबी पीटीआई नेता शौकत बसराले एक पत्रकार सम्मेलनमा गरेका थिए । मरियम नवाज पीटीआई समर्थित उम्मेद्वार मेहर शराफतसँग हारेकी थिइन् । तर पछि उनलाई जिताइएको उनको दाबी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन