फायल तस्वीर
रौतहट, १६ फागुन । नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको चरम लापरवाहीका कारण रौतहटको पाँच वटा पालिकामा २० घण्टा देखि विद्युत अवरुद्ध भई बत्ती गुल हँुदा सर्वसाधारण उपभोक्ताहरुलाई सास्ती खेप्नु परेका छन् ।
मर्मत एवं बुस कटिंगको बहानामा प्राधिकरणको मौलापुर स्टेशनबाट सपलाई भएका कटहरिया, फतुवा विजयपुर, मौलापुर, देवाही गोनाही र बौधीमाई नगरपालिकामा मंगलवार विहान ११ बजे देखि विद्युत लाईन अवरुद्ध हुँदा उपभोक्ताहरुलाई निकै सास्ती खेप्नु परेका हुन् ।
विद्युत प्राधिकरण मौलापुर शाखाले मंगलवार एक सूचना जारी गरेर हर्साहा सबस्टेसनमा मर्मतको काम भईरहेको हुनाले आज बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएका थिए । तर सूचना विपरीत मंगलवार बिहान ११ बजे काटीएको विद्युत लाईन बुधवार समाचार तयार पार्दा सम्म आएको छैनन् । यसरी लगातार २४ घन्टा भन्दा बढि समय देखि विद्युत आपूर्ति नहुँदा ५ पालिका अन्तर्गतको विद्युत बाट सञ्चालन हुने दर्जनौं मिलहरु बन्द भएको छ ।
त्यस्तै विद्युत अभावमा चारवटा एफएम रेडियोको प्रसारण बन्द भएको छ भने हजारौँ परिवार अंध्यारोमा बस्न बाध्य भएका छन । नेपाल विद्युत प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवले चन्द्रनिगाहपुर शाखा बाट प्रशारण हुने विद्युत आपूर्ति सदरमुकाम गौर सम्म सञ्चालनमा रहेको छ तर हर्साहा सबस्टेसनको मर्मत काम सकिएको छैनन् । रौतहट देखि मलंगवा सम्मको प्राविधिकहरुद्वारा मर्मतमा लागिरहेका दिउँसो सम्म विधुत लाईन आपूर्ति सुरु हुने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन