सर्लाही, १६ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकाको नवलपुरबाट लागुऔषध गाँजा सहित दुई जना भारतीय युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार अबेर साँझ लालबन्दी नगरपालिका वडा नम्वर १ स्थित लखनदेही पुल नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा नवलपुर तर्फ आउदै गरेका बीआर ३० एजी १६४४ नम्बरको भारतीय नम्वरको मोटरसाइकलमा सबार दुई जना व्यक्तिले बोकेको कार्टुन र झोलालाई चेकजाँच गर्दा लागुऔंषध गाँजा सहित नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
भारत विहार राज्यको सीतामढी जिल्लाका सुतिहारा बारा ६ का २० बर्षिय छोटु पासवान र सितामढी जिल्ला लहुरिया ९ का २५ बर्षिय मोहम्मद समिम शेषको साथबाट बरामद गरिएका ७ किलोग्राम गाँजा सहित निजलाई हिरासतमा राखेर लागुऔषध ओसारपसार ऐन तर्फ कारवाही प्रक्रिया अघि बढाएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन