“नक्कली डाक्टर उमेशप्रसाद जयसवालको गोरखधन्धा जारी” लक्ष्मिकान्तको बलमा सम्बध निकायलाई रिझाएर विरामीलाई लुट्दै ?

161 Shares

रौतहट, १८ फागुन । शैक्षिक योग्यता नभएको, अस्पताल खोल्ने इजाजत नरहेपनि सम्बध निकायलाई लक्ष्मीकान्तको बलमा रिझाएर गरिव असहाय विरामीहरुलाई लुट्दै आएका “नक्कली डाक्टर उमेशप्रसाद जयसवालको गोरखधन्धा” जारी राखेका छन् ।
२०७३ साल साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय रौतहटबाट आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरको नाममा अनुमती लिएका थिए । २०७६ फागुन २३ गते नविकरण भएको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याँकमा देखिन्छ । त्यसमा कुनै बेवा वा सैंयाको स्वीकृति दिएको पाइएको छैनन् तर उक्त पोलिक्लिनिकमा २५ भन्दा बढि सैंया राखिएको छ र त्यसबाट पनि नभई भुईमै विरामीलाई राखेर उपचारको नाममा लाखौं रकम लिई सर्वसाधारण विरामीको ढाँड सेक्ने कार्य संचालक नक्कली डाक्टर जयसवालले गर्दै आएका हुन् ।
पोलिक्लीनिकको नाममा स्वीकृति लिएपनि उक्त अस्पतालको मुख्य गेटमै आनन्द होस्पिटल प्रा. ली शिवनगर चौक महादेव रोड निजी निवासमा संचालन गरेको संचालन जयसवालले स्वीकृति लिएको नाममा फर्जीवाडा गरी अर्को नाममा अस्पताल संचालन गरेको भएपनि वेलावखतमा सम्बध निकाय र संचारमाध्यमलाई लक्ष्मीकान्तको बलमा रिझाएर विरामीहरुको ढाड सेक्दै आएपनि निज माथि कारवाही हुन नसक्दा स्थानीयहरु दुखेसो पोखे ।
‘नक्कली डाक्टर’ जयसवालद्धारा बर्षौदेखि पोलिक्लिनिक सञ्चालन, नागरिकको स्वास्थ्य संग खेलवाड गरेर अकुत सम्पत्ती आर्जन जस्तो गोरखधन्धा संचालन गर्दै आएका छन् ।
गैरकानुनी ढंगले सञ्चालनमा रहेको उक्त होस्पिटलमा एउटै डाक्टर नरहेको पोलिक्लिनिकको सञ्चालक शिव शंकरको छोरा नाता भएका जयसवालले लामो समयसम्म आफु भारतबाट डाक्टर पढेर आएको भन्दै त्यहाँ बिरामीहरुको चेकजाँच गरेको र केही समय अघि मात्रै स्थानीय केही संचारमाध्यमले समाचार लेखेपछि पोलिक्लिनिकको बोर्डबाट डाक्टर उमेश प्रसाद जयसवाल नाम हटाएको थियो ।
जयसवाल कलकत्ताबाट पढेपनि बिना काउन्सिल नम्बरकै गैरकानुनी रुपमा पोलिक्लिनिकमा बिरामी चेकजाँच देखि उपचारसम्म गरिरहेको छ । जयसवालको काउन्सिल नम्बरको विषयमा आयुर्वेदिक चिकित्सा परिषदमा बुझ्दा यहाँ दर्ता नभएको बताइएको छ ।
चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एक्यूपँचरमा डिप्लोमा मात्रै गरेका उनले डाक्टर लेख्न नपाए पनि उनले बोर्डमा आफुलाई डाक्टर लेखेको थियो ।
जयसवालले भारतको ओपेन युनिभर्सिटीबाट एक्यूपँचरमा डिप्लोमा गरेको बुझिएको छ ।

स्रोतका अनुसार आफैले डाक्टर घोषणा गरेर हजारौं बिरामीहरुको स्वास्थ्यमाथि खेलवाड गरेर जयसवालले करोडौं सम्पत्ति समेत आर्जन गरेको र राज्यको नजरबाट बच्नको लागि विभिन्न व्यक्तिको नाममा सम्पत्ति राखेको बताए ।
यस विषयमा पोलिक्लीनिक संचालक जयसवाल संग तराई टपले टेलिफोनमा संवाद गर्दा आफू संग सबै डकुमेन्टहरु रहेको दाबी गरे । पोलिक्लीनिकमा बेड राख्न पाइदैनन् तपाई किन राख्नु भएको छ ? तपाईको पोलिक्लीनिक हो, आनन्द होस्पिटल प्राली किन राख्नु भयो ? तपाईको पोलिक्लीनिकको नविकरण पनि छैन् भने विषयमा प्रश्न गर्दा कुनै जवाफ दिएनन् ।
उक्त पोलिक्लीनिकमा पक्षाघात (लकवा)ं भएका विरामीहरुको भिड लाग्ने गरेको छ । प्रायः विरामीहरु संग एक लाख भन्दा बढि नै रकम असुल गर्दै आएको श्रोतले दाबी गरे । कम मूल्यमा पाइने औषधीको लेवल वा बट्टा चेन्ज गरेर अनाधिकृत रुपमा हजारौं रुपैया लिदै आएको बताइएको छ ।

आनन्द पोलिक्लीनिक एक्युपञ्चरको सम्बधमा यस तराई टपलाई आवश्यक डकुमेन्टहरु उपलब्ध गराई यस्ता गोरखधन्धा संचालन गर्ने नक्कली डाक्टरलाई कानुनी कठघेरामा ल्याएमा मात्रै रौतहटमा च्याउ जस्तै उम्रिएका विना स्वीकृतिका निजी अस्पतालहरुलाई मापदण्ड भित्र ल्याउन र झोलाछापा डाक्टरलाई कारवाही गराउन सहयोग गरौं । थप जानकारी साथ अगामी अंकमा प्रस्तुत गर्ने छौं ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।