रौतहट, २० फागुन । महाशिवरात्री को अवसरमा पुरातात्वीक पतौरा महादेव स्थान मौलापुरमा मधानी महोत्सव २०८० लाई भव्य बनाउन विभिन्न समिति र उपसमितिहरुको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
पुरातात्वीक पतौरा महादेव स्थानमा विगत पाँच बर्ष अघि देखि हुँदै आएको मधानी महोत्सव महायज्ञलाई यसपाली पनि निरन्तरता दिदै यज्ञको साथै विभिन्न खेलतमाशा र बलुउड, कलिउड लगायत विभिन्न साँगितिक कलाकारहरुको प्रस्तुतीबाट मौलापुर गुञ्जमान बन्ने भएको हो ।
पतौरा महादेव मन्दिरलाई विश्व सम्पदाको सुचीमा सुचिकृत गराउने महासंकल्प अभियान अन्तर्गत मधानी महायज्ञको भव्य रुपमा तयारी अन्तिम चरमा पुगेको गठित विभिन्न समिति र उपसमितिहरुको वैठकमा जानकारी गराइएका छन् ।
फागुन २३ गते दिउसो ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी विशेष पुजा, २५ गते साँस्कृतिक कार्यक्रम र २६ गते अन्तरराष्ट्रिय दंगल प्रतियोगितामा भारतका अलंम्पीक स्वर्ण पदक विजेता वविता फोगार्डको उस्थिति रहने जनाइएको छ ।
उक्त कार्यक्रमको साँगितिक यात्रामा बलिउडको सुपरस्टार गोविन्दा अहुजा लगायत दर्जनौ कालाकारहरुले आफनो अभिनय प्रस्तुत गरिने पुरातात्वीक पतौरा महादेव मन्दिर मौलापुर मधानी महोत्सव २०८० को मुल समितिले जनाएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन