सप्तरी, २१ फागुन । ह्वाट्स एपको माध्यमबाट धम्की दिएर लाखौं रुपैया ठगी गर्ने तीन जनालाई नियन्त्रणमा लिएर कारवाही चलाएका छन् ।
नेपाल प्रहरीका मधेश प्रदेश मुख्यालय जनकपुरधामबाट सोमवार जारी गरिएको प्रेश नोटमा सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ७ बस्ने व्यक्तिलाई फागुन ५ गते विहान ९.५६ बजेको समयमा +९२३२५०१६९११५ नम्बरको ह्वाट्स ऐपको माध्यमबाट कल गरेर तिम्रो छोरा हाम्रो नियन्त्रणमा रहेको छ । यदी छोरा चाहियो भने भनेका नम्वरहरुमा रकम पठाउन डिमाण्ड गरेका थिए ।
रकम पठाउन पीडित परिवार आनाकानी गर्दा विभिन्न डरत्रास देखाएपछि पीडित परिवारलाई कुनै सीप नलागेपछि विभिन्न खातामा १२ लाख ८० हजार रकम पठाए । रकम पठाएपछि पीडित परिवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएपछि उक्त नम्वरको प्रहरीले गहन अनुसन्धान गर्दै जाँदा ह्वाट्स ऐपको प्रोफाइल तस्वीरमा एक वरिष्ठ प्रहरी अधिकारीको तस्वीर प्रयोग भएको देखिएपनि अनुसन्धानकै क्रममा एक युवती सहित तिन जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सुचना अधिकारी एवं एसपी श्यामकुमार महतोले बताए ।
सुचना अधिकारी महतोको अनुसार झापा जिल्ला मेचि नगरपालिका वडा नम्वर ६ का २६ बर्षिय सविन मैनाली, वडा नम्वर १० का २७ बर्षिय शुभम मैनाली र सुनसरी जिल्ला धरान उपमहानगरपालिका ३ का मिनबहादुर बराइलीको १९ बर्षिया छोरी आशिका बराइलीलाई नियन्त्रणमा लिएपछि उक्त कार्यको पर्दाफास भएको छ । पक्राउ परेका तिनै जना विरुद्ध ठगी (अनलाईन) शिर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सप्तरी प्रहरीले गरिरहेको एसपी महतोले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन