पर्सा, २२ फागुन । ठूलो परिमाणमा लागुऔषध सहित दुई महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाएका छन् ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ रजतजयन्ती चोकबाट पैदल हिडिरहेकी भारत विहार पूर्वी चम्पारण जिल्लाको रामगढवाका ४३ बर्षिय रुकसाना खातुन र सोही स्थानकी २० बर्षिया अप्सना खातुनलाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेर कारवाही चलाएका हुन् ।
विशेष सूचनाको आधारमा इनर्वा प्रहरी चौकी र लागु औषध नियन्त्रण ब्यूरो शाखा पर्साको संयुक्त टोलीले रक्सौलबाट वीरगञ्ज तर्फ आउदै गरेका दुवै भारतीय महिलालाई चेकजाँच गर्दा बुप्रेनोर्फिन १४४ एम्पुल, डाइजेपाम १४९ एम्पुल, फेनार्गन १३१ एम्पुल बरामद भएको छ । त्यस्तै अप्सानाले लगाएको सुरुवालले छोपी टेपले बेरेर १४८ एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम १४७ एम्पुल, फेनार्गन १४७ एम्पुल गरी ८७८ एम्पुल फेला परेको पर्सा प्रहरीको प्रवक्ता एवं डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
दुवै जनालाई प्रहरी नियन्त्रणमा राखेर लागूऔषध कसूर सम्बन्धी मुद्दामा म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन