सर्लाही, २२ फागुन । राम्ररी बोल्न नसक्ने १२ बर्षिय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा एक जना पीडकलाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
सर्लाही इश्वरपुर नगरपालिका वडा नम्वर ८ घर भएका युवक टेकेसार्की रम्तेललाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सर्लाही प्रहरीले पक्राउ गरेका हुन् ।
गत वैशाख ७ मा आरोपीले फुलजोर खोलामा राम्रोसँग बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र थारु पंजियारले बताए ।
राम्रो संग बाल्न नसकिने बलात्कृत भएकी १२ बर्षिया बालिकाले पुस १५ गते छोरा जन्माइन् । पीडितले जन्माएको शिशुको फागुन १६ मा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको थियो । घटनाबारे माघ १८ गते मात्रै पीडितको तर्फबाट प्रहरीमा जाहेरी दर्ता गराइएका थिए ।
आरोपीलाई फागुन १९ मा पक्राउ गरेर १० दिनको म्याद जिल्ला अदालत मलंगवाबाट थप गराएर अनुसन्धान भइरहेको डिएसपी थारुले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन